scheduleमगलवार पौष ३ गते, २०७५

रोजगारी मात्र होइन, अब अध्ययनका लागि पनि मलेसिया

मलेसिया हुँदै अस्ट्रेलिया–अमेरिका जान सजिलो

study in Malaysiaकाठमाडौं । पढ्नको लागि मलेसिया जाने ? यो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । लाखौंको संख्यामा नेपाली युवाहरु मजदुरी गर्न जाने देशमा पनि पढ्न जाने ? मनमा प्रश्न उब्जिन सक्छ । तर अध्ययनका लागि मलेसिया जानु सजिलो त छँदै छ, फाइदाजनक पनि छ ।
‘लो प्रोफाइल कन्ट्री’ भन्दै पन्छाइने गरिए पनि एकाध वर्षको मलेसियाको अध्ययनपछि नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अमेरिका लगायतका ‘हाइ प्रोफाइल’का मुलुकमा सजिलै ढोका खुल्छ ।

Kumara Raj Help university Malaysiaकिन मलेसिया ?’ मलेसिया स्थित हेल्प युनिभर्सिटीका साउथ एसिया क्षेत्रको मार्केटिङ प्रमुख कुमारा राज भन्छन्, ‘कम खर्च, उस्तै संस्कृति र रहनसहन, लाखौंको संख्यामा नेपाली युवाहरु, सुरक्षा र गुणस्तरीय शिक्षाका लागि ।’

कुमारा राजका अनुसार विद्यार्थीको ‘परफमेन्स’का आधारमा ५० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था पनि युनिभर्सिटीले गर्दछ । कुमारा भन्छन्, ‘नेपाली विद्यार्थीहरुका लागि सबैभन्दा महत्वपूर्ण कुरा त मलेसियाबाट सिधै अमेरिका अस्ट्रेलियाका राम्रा युनिभर्सिटीमा विद्यार्थीहरु ट्रान्सफर हुनसक्छन् ।’

कुमाराका अनुसार हेल्प युनिभर्सिटीमा मात्र तीन हजार विदेशी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । उनी भन्छन्, ‘पछिल्लो समय नेपालीहरुको आकर्षण बढिरहेको छ ।’

उनले मलेसिया नेपालको लागि सहज गन्तव्य भएको दावी गरे । ‘किन ?’ कुमारा भन्छन्, ‘नेपाली विद्यार्थीका लागि विशेष सुविधाका साथ अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेका छौं ।’

basu rijal नेपालबाट अध्ययनका लागि मलेसिया पठाउने एक मात्र कन्सल्टेन्सी स्कलर्स च्वाइस प्रालिका कार्यकारी निर्देशक बासु रिजाल भन्छन्, ‘दुई वर्ष मलेसिया पढेपछि सिधै अमेरिका, अष्ट्रेलिया लगायतका देशमा सजिलै ट्रान्सफर गर्न सकिने र सस्तोमा गुणस्तरीय शिक्षा पाइने भएकाले पनि मलेसिया नेपाली विद्यार्थीको लागि थप आकर्षण बन्दैछ ।’

अधिकांश विद्यार्थीले बिजनेस तथा होटल म्यानेजमेन्ट र इन्जिनियरिङ कोर्षको लागि मलेसिया रोज्ने गरेको उनले बताए ।
मलेसियामा विभिन्न देशका चर्चित विश्वविद्यालयका कोर्सहरु अन्य देशभन्दा सस्तोमा अध्ययन गर्न सकिने रिजाल दावी गर्छन् । उनी भन्छन्, ‘मलेसियामा अध्ययन गरेको उही कोष अन्य विकसित देशमा चार गुणाले महंगो पर्छ ।’

मलेसियन दुतावासको सहयोगमा पोखरामा विद्यार्थीसँग सेमिनार सकेर काठमाडौंको कार्यक्रमको तयारीमा जुट्दै गरेका रिजालले भने, ‘हामीले विगत ८/९ वर्षदेखि मलेसियन राजदूतावाससँग मिलेर विद्यार्थीसँग अन्तरक्रिया गरिरहेका छौं । उनीहरुलाई सघाइरहेका छौं ।’ उनले ४ देखि १० लाखमा विषय हेरेर मलेसियामा एक तहको अध्ययन पूरा गर्न सकिने बताए ।

स्कलर्स च्वाइस प्रालिका निर्देशक रिजाल भन्छन्, ‘नेपाली विद्यार्थीले हप्तामा २० घन्टा पार्टटाइम गर्न पनि पाउँछन् ।’
रिजालले सूचना प्रविधि, एमबिए, इन्जिनियरिङ, म्यानेजमेन्ट, फाइनान्स, इकोनोमिक्स एण्ड एकाउन्टिङ, हस्पिटालिटी एण्ड टुरिज्म, साइकोलोजी, ल, बायो टेक्नोलोजी, कम्युनिकेशनलगायत बिषय पढ्न पाइने भएकोले मलेसिया नेपाली विद्यार्थीको लागि सहज, कम खर्चिलो र फराकिलो विकल्प भएको बताए ।

मलेसिया अध्ययनका लागि विश्वको सबैभन्दा सस्तो सहर मानिन्छ । यससँगै विश्वको धेरै मानिसले घुम्ने सहरमा मलेसिया १०औं स्थानमा पर्छ । लाखौं नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि मलेसियामा जाने गर्छन् । अब बिस्तारै उच्च शिक्षा अध्ययनको लागि र सजिलै अमेरिका र अस्ट्रेलिया छिर्न पनि नेपाली विद्यार्थीहरुको मलेसिया आकर्षण बढ्दै गइरहेको पाइन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob