scheduleमगलवार आषाढ़ ३ गते, २०७६

सहयोगी हात पाएपछि पुनःनिर्माणमा ठूलो धादिङ

राजन अधिकारी

सिन्धुपाल्चोक, ३२ जेठ । विनाशकारी भूकम्पले क्षतविक्षत् बनेको सिन्धुपाल्चोकको ठूलो धादिङ अहिले पुनःनिर्माणको क्रममा छ । वैशाख १२ गतेको भूकम्प र २९ गतेको पराकम्पनले अतिप्रभावित यस गाउँमा ९५ प्रतिशत तामाङ समुदायको बसोबास छ ।

तामाङ र दलित समुदायको बसोबास रहेको यस गाउँका ६ सय १ घरधुरीमध्ये कुनै पनि घर सद्दे छैनन् । केही समयअघिसम्म बासको समस्यामा पिरोलिइरहेका स्थानिय बासिन्दाहरु अस्थायी बासस्थान निर्माणमा जुटेका छन् ।

Jasta Bitaran

‘ब्रिज टू टिबेट एसोसियसन’ जर्मनीले राहतस्वरुप उपलब्ध गराएको सामाग्रीको सदुपयोग गर्दै बासस्थान निर्माणमा जुटेका हुन् ।

यस्तै गाउँमा रहेको धर्मोदय उमाविमा पनि भूकम्पले नराम्ररी क्षति पुगेको छ । गर्मीसँगै वर्षायाम सुरु हुन लाग्दा चिन्ता बढेको विद्यालयका प्रधानाध्यापक शान्तिराम पौडेलले बताए ।

उनले भने, ‘हामीसँग भएको १२ कोठे भवनमा पूर्णक्षति पुगेको छ । कुनै कोठा बस्न मिल्ने खालका छैनन्, त्रिपालमुनी विद्यार्थी राखेर अध्यापन सुरु गर्नु परेको छ, यसले गर्दा पठनपाठनमा थप चुनौति थपिएको छ ।’

विद्यालयमात्रै होइन विद्यार्थीको मन पनि भाँडिएको छ । ‘१७ गतेदेखि विद्यालय सुरु भयो । हामी पढ्न कहाँ जाने चिन्तामा थियौं, अहिले त्रिपालमूनी निकै गाह्योसँग बस्नु परेको छ, स्कुल हेर्दा केही छैन, रुन मान लाग्छ, बल्ल अलि आशा पलाएको छ, अब नयाँ टहरा बन्ने भयो अलि सहज हुने आशा छ ।’ कक्षा १० मा बिमला लामा भन्छिन् ।

भवन निर्माणका लागि उपयुक्त जग्गा नभएपछि विद्यालय कहाँ बनाउने भन्ने चिन्ता थियो । स्थानीय मणि लामा, विरलाल लामा र दिलिप कुमार लामाले १५ रोपनी जग्गा उपलब्ध गराएपछि अस्थायी टहरा निर्माणको काम सुरु भएको हो ।

SAI HELP NEPAL initiative of South Asia Institute of Heidelberg University in Germany and Bridge to Tibet Association नामक संस्थाले विद्यालय भवन निर्माणको लागि १७ बन्डल जस्ता सहित बालबालिकालाई कापी कलम साथै शौक्षिक समाग्री उपलब्ध गराएको संस्थाका नेपाल प्रतिनिधि सोनाम लामाले बताए ।
ठूलो धादिङ १ का ४२ घरधुरीलाई प्रति परिवार ५ पाताका दरले जस्तापाता वितरण गरिएको साङतेन लामाले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob