scheduleआइतवार बैशाख १० गते, २०७४

‘मोदीजीसँग केमेस्ट्री मिल्छ’ प्रचण्डले हिन्दूस्थान टाइम्सलाई दिएको अन्तर्वार्ताको अनुवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय पत्रिका हिन्दूस्थान टाइम्सलाई दिएको अन्तर्वार्ताको नेपाली अनुवाद् । यहाँ केही महत्वपूर्ण प्रश्नहरुको जवाफ अनुवाद गरिएको छ । पूरा अन्तर्वार्ता पढ्न तलको लिंकमा क्लिक गर्नुहोला ।

prachanda

तपाइँ नेपालमा लोकतन्त्र ल्याउने नेतामध्ये एक हुनुहुन्छ । नेपालमा पछिल्लो २५ वर्षमा १८ वटा सरकार आयो, गयो । राजतन्त्रको अन्य भएपछि नेपालमा ९ वर्षमा ८ जना प्रधानमन्त्री फेरिए । तपाइँहरुको लोकतन्त्र के सही दिशामा गइरहेको छ ?

तपाइँले जुन प्रश्न अघि सार्नुभयो, यो मेरो दृष्टिमा निकै महत्वपूर्ण र संवेदनशील छ । यस समय नेपाल संक्रमणकालीन अवस्थामा छ । हामीले शान्ति सम्झौता गरेर निकै ठूलो राजनीतिक परिवर्तनको भार उठायौँ । यसलाई स्थिर गर्नका लागि निकै मेहनत जरुरी छ । शान्ति सम्झौताको सबैभन्दा महत्वपूर्ण मुद्दा युद्धरत पक्षलाई यो प्रक्रियामा सामेल गर्नु तथा हतियार व्यवस्थित गर्नु थियो । यो निकै जटिल कुरा हो । जुन हामीले सफलतापूर्वक गर्‍यौँ । यसपछि ९ वटा सरकार बन्यो या ८, यो महत्वपूर्ण कुरा होइन । यस दौरान निकै चुनौतीको बीचमा हामीले संविधान पनि जारी गर्‍यौँ । अझै धेरै कुरा गर्न बाँकी छ । स्थिति त्यतिधेरै निराशाजनक पनि छैन, जति तपाइँको प्रश्नमा झल्किन्छ ।

 

क्रान्तिपछि कतिपयलाई लागेको थियो कि तपाइँ दक्षिण एसियाको नेलसन मण्डेला बन्दै हुनुहुन्छ, तर त्यसो हुन सकेन । कहाँनेर गल्ति भयो ?

हाम्रो शान्ति प्रक्रिया निकै अनौठो छ । हाम्रो र नेलसन मण्डेलाको आन्दोलनबीच समानता र कैयन असमानता पनि छन् । समय फरक छ र मूल सिद्धान्तमा पनि भिन्नता छ । जसरी शान्ति सम्झौता गरेर हामी अघि बढेका छौँ, यो अन्तराष्ट्रिय साम्यवादी आन्दोलनका लागि पनि अनौठो कुरा हो । यो निकै ठूलो प्रयोग पनि हो । माओवादी आन्दोलनलाई सरकारसम्म पुर्‍याउन निकै ठूलो जोखिम थियो ।

 

तपाइँहरुले एउटै ‘लाल झण्डा’मुनि रहेर आन्दोलन गर्नुभयो । आज कम्युनिष्ट पार्टीमा फुट आएको छ । मत भिन्नताहरु देखिएका छन् । यसलाई जोडेर राख्नका लागि के गर्नुपर्छ ?

यो एक ठूलो प्रयोग हो, त्यसैले बहस हुनु त स्वभाविक नै हो । यसलाई जसरी एकीकृत राख्नुपर्ने थियो, त्यसमा हमी सफल हुन सकेनौँ । पार्टीमा फुट आयो । विभाजनको श्रृंखला देखियो । अलग भएका समूहहरुलाई एकीकृत गर्नका लागि हामीले ‘माओवादी केन्द्र’ नामको पार्टी बनाएका छौँ । सबैको सोचमा समानता ल्याएपछि यो सम्भव भयो । मेरो नेतृत्वमा जनयुद्ध सुरु भयो । दश वर्षसम्म लडाइँ चल्यो । फेरि मेरै नेतृत्वमा शान्ति प्रक्रिया सम्पन्न भयो । पहिलो चुनावमा मेरो पार्टी पहिलो भयो । मलाई प्रधानमन्त्रीको रुपमा काम गर्ने अवसर पनि मिल्यो । मेरै नेतृत्वमा पार्टी विभाजन पनि भयो । फेरि मेरै अगुवाईमा एकता प्रक्रिया चल्यो । अहिले दोस्रोपटक प्रधानमन्त्रीको रुपमा काम गरिरहेको छु ।  २०/२५ वर्षको बीचमा यति धेरै राजनीतिक बदलाव र उतारचढाव निकै कम देख्न पाइन्छ । नेपालमा हामी जे गरिरहेका छौँ, संकटकालदेखि शान्ति, फेरि सरकारको नेतृत्व, फेरि विभाजन अनि एकता त्यो पनि एउटै व्यक्तिको नेतृत्वमा । मलाई लाग्छ यहाँ नेतृत्वको एउटा मोडल तयार भइरहेको छ ।

तपाइँ भारत जाँदै हुनुहुन्छ, यो यात्राबाट के आशा राख्नुभएको छ ?

भारतसँग विश्वासको वातावरण मजबुत बनाउनु जरुरी छ ।  नेपाल-भारत सम्बन्धको दृष्टिले गएको वर्ष राम्रो रहेन । यस दौरान आपसी शंका र भ्रमले ठूलो भूमिका खेल्यो । संविधान घोषणाका दौरान भएको नाकाबन्दीले जनजीवनमा निकै ठूलो असर पर्‍यो । मलाई लाग्छ, अब सम्बन्ध सामान्य अवस्थामा आउँदैछ । मेरो भारत भ्रमण मुख्य उद्देश्य यही हो कि, ‘दुई देशबीच नयाँ विश्वासको वातावरण बनोस् ।’ यसका लागि यो भ्रमण ‘गुडविल भिजिट’जस्तो हुनेछ । जुन हिसाबले तयारी भइरहेको छ, मलाई लाग्छ यो भ्रमण दुई देशबीचको सम्बन्ध सुधारमा ऐतिहासिक हुनेछ ।

म पहिले पनि प्रधानमन्त्रीको रुपमा भारत गएको थिए । तर त्यतिबेलाको मेरो पार्टीको स्थिति, देशको तत्कालीन अवस्था र आजको अवस्थामा निकै अन्तर छ । त्यतिबेला युद्ध र क्रान्तिको जबरदस्त असर मेरो दिमागमा थियो । राजनीतिक मिजासलाई राम्रोसँग बुझ्नका लागि मलाई समय आवश्यक थियो । यो १० वर्षमा जुन राजनीतिक उतारचढावबाट गुज्रिएको छु, त्यसबाट पनि मलाई लाग्छ अब म ज्यादा परिपक्वताका साथ दुई देशबीचको सम्बन्ध बलियो बनाउन प्रयास गर्न सक्नेछु ।

हाम्रो भारतमा अहिले निकै मजबुत सरकार छ । सरकारलाई पूर्ण बहुमत प्राप्त छ । मोदीजीको एउटा आफ्नै तरिका पनि छ, जुन स्पष्ट छ । तपाइँको नजरमा पीएम मोदी कस्ता नेता हुन् ?

मोदीजी र मोरो सोच्ने तरिका र केमेस्ट्रीमा काफी समानता छ । यद्यपी परिस्थिति र विचारमा केही भिन्नता छ, त्यो अलग कुरा हो । उहाँ विशाल भारतको बहुमतप्राप्त शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । पहिलोपटक जब मोदीजी नेपाल आउनुभयो र संसदमा संबोधन गर्नुभयो, त्यतिबेला पनि हाम्रो कुराकानी भएको थियो । नेपालको इतिहासमा यस्तो निकै कम भएको छ कि छिमेकी देशको प्रधानमन्त्री आएर सर्वसाधारणमा त्यति धेरै उत्साह भरिदिएको होस् । हाम्रो पहिलो भेट निकै सौहार्दपूर्ण भएको थियो । दोस्रो पटक पनि निकै कुराकानी भयो । मोदीजीप्रति मेरो र नेपाली जनताको एक प्रकारको भरोसा छ । अब यो विश्वासलाई मजबुत बनाउन हाम्रो ध्यान केन्द्रित रहनेछ ।

.

.

.

.

.

केही व्यक्तिगत प्रश्नहरु:

फिट रहनका लागि के गर्नुहुन्छ ?
हरेक दिन बिहान व्यायाम गर्छु ।

जिम गर्नुहुन्छ कि वाक ?

थोरै योगा गर्छु । टेबुल टेनिस पनि खेल्छु ।

मन पर्ने खाना के हो ?

मलाई नेपाली खाना, दाल-भात मनपर्छ ।

भेजिटेरियन कि ननभेज हुनुहुन्छ ?

ननभेजिटेरियन ।

मन पर्ने पोशाक ?

अहिले जुन लगाएको छु । (सर्ट, पाइन्ट र नेपाली टोपी)

परिवारका लागि कसरी समय निकाल्नुहुन्छ ?

जनयुद्धमा भूमिगत छँदा हामी अलग-अलग रहन्थ्यौँ । तर अहिले परिवारको साथमा छु ।  छोराछोरी पनि राजनीतिमा छन् । मेरी पत्नी केन्द्रीय सल्लाहकार हुन् । हामी सबै एकसाथ काम गर्छौँ ।

तपाइँको मनोरञ्जनको साधन ?

विद्यार्थी जीवनमा सिनेमा हेर्थेँ ।

कुन हिरो मन पर्छ ?

सबैलाई हेर्छु । तर तपाइँले भारतको सोध्दै हुनुहुन्छ कि नेपालको ?

भारत … ।

भारतको कुरा गर्ने हो भने त अमिताभ बच्चन मलाई मन पर्थ्यो ।

 

अनि हिरोइन ?

यसमा ध्यान दिइन ।

 

पूरा अन्तर्वार्ता हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage