scheduleमगलवार माघ ११ गते, २०७३

भन्सारमा नेपाली ठगिएको भन्दै अन्तराष्ट्रिय नेपाली समाजद्वारा ध्यानाकर्षण

नयाँ दिल्ली, २७ मंसिर । अन्तराष्ट्रिय नेपाली समाज भारतले सीमा क्षेत्रमा नेपालीले भोगिरहेको समस्या र अन्य विषयहरुप्रति ध्यानाकर्षण गराउँदै भारतस्थित नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ ।

नयाँ शक्ति पार्टी, नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलको नेतृत्वमा बुझाईएको ज्ञापनपत्रमा नेपाली जनताले भारतमा आवतजावत गर्दा भन्सारमा भोग्नु परेको सास्ती, लुटपाटलगायतका समाधान गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपालीले भारतमा औद्योगिक, वाणिज्य, व्यवसायिक, नीजि तथा अन्य क्षेत्रमा काम गर्दा विशेष प्रमाणपत्रको मान्यता प्रदान गर्नुपर्ने माग गरेको छ । नेपाली जनताको सबैभन्दा नजिकैको छिमेकी मित्रराष्ट्र भारतमा धर्म, संस्कृति, भाषा र मित्रतासँगको साईनो भएकै कारण पनि धेरैजसो नेपाली जनता भारतमा रोजगारीका लागि आउने भएकाले सो अवधिमा भारतबाट नेपाल टेलिफोन गर्दा महसुलमा कम गर्न पहल गर्नुपर्ने माग पेस गरेको छ ।

त्यसैगरी भारतीय रुपैँया पाँच सय र एक हजारको नोटलाई सहजै सटही गर्न सक्ने गरी कूटनीतिक पहल गर्नुेपर्ने माग गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage