scheduleबुधवार जेष्ठ १० गते, २०७४

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता : आज भारतसँग भिड्दै नेपाल

काठमाडौं, १८ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा २ बजे भारतको सामना गर्नेछ । नेपाल समूह एकको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह बीको उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

दुई वर्षअघि पाकिस्तानमा भएको तेस्रो साफ महिला च्यापियनसिपमा नेपाल फाइनल खेलमा भारतसँग भिडेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।

समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै ९ अङ्क जोडेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage