scheduleसोमवार फाल्गुन १६ गते, २०७३

आफ्नो जीवनसाथी वा प्रेमि-प्रेमिका कहिल्यै नभन्नुस् यी ६ कुरा

एजेन्सी । पति-पत्नीबीचको सम्बन्धमा टकराव आउनेमात्रै नभएर डिभोर्स नै हुनेसम्मका घटनामा निकै वृद्धि भएका छन् । यतिमात्रै होइन, प्रेमी-प्रेमिकाबीच ब्रेकअपको दर पनि बढ्दो छ । सम्बन्ध टुट्नुमा कुनै गम्भीर र ठूला कारणमात्रै नभएर स-साना असावधानीले पनि भूमिका खेलिरहेको हुन्छ । आउनुस्, आज हामी आफ्नो प्रेमि-प्रेमिका वा पति-पत्नीलाई भन्नै नहुने ६ कुरा जानकारी दिँदैछौं ।

गलत शब्दको प्रयोग:
एक सर्भेअनुसार झगडा पर्दा वा थोरै तिक्कता आउँदा गरिने गलत शब्दको प्रयोगले सम्बन्ध टुटाउन निकै भूमिका खेल्ने गरेको छ । ‘अगुल्टो पनि नठोसी बल्दैन’ भन्ने भनाइ हाम्रो समाजमा निकै प्रचलित छ । बेलाबखत झगडा हुनु स्वभाविक नै हो । तर, रिसको झोंकमा अति नै अप्रिय र अनावश्यक शब्द मुखबाट निस्किन नदिनुस्, संयमताले नै तपाईंको सम्बन्धलाई चीरस्थायी बनाउने छ ।

सम्बन्ध तोड्छु भनिनहाल्नुस्:
सयौं पटक अाग्रह गर्दा पनि तपाईंको जीवनसाथीले तपाईंको कुरा सुन्ने नाम नै लिइरहेको छैन भने रिसको झोंकमा अलग्गिने कुरा नगरिनहाल्नुस् । पहिला उससँग धेरैभन्दा धेरै कुरा गर्ने प्रयास गर्नुस् । उसको मनको कुरा बुझ्नुस्, यसो गर्दा उसले तपाईंको कुरा किन मानिरहेको छैन भन्ने जान्न सक्नुहुन्छ । अनि विस्तारै उसकै ठाउँमा रहेर सम्झाउने कोशिस गर्नुस् । अवश्य तपाईं सफल हुनुहुनेछ ।

कतिपय सिक्रेट आफूमै सिमित राख्नुस्:
बाहिरी दुनियामा कोही मन पर्यो भने ऊ बारे आफ्नो जीवनसाथीलाई कहिल्यै नभन्नुस् । जसले सम्बन्धमा खलल पुर्याउन सक्छ । वास्तविक जीवनमा तपाईंको जीवनसाथी नै आफ्नो हो । बाहिरी दुनियाँमा देखिने मानिसहरु त घामछायाँजस्तै हुन्, जो जुनसुकै बेला पनि अलप हुन सक्छन् ।

तुलना गर्नबाट बच्नुस्
अरु कोही राम्रो मानिससँग आफ्नो जीवनसाथीलाई तुलना गर्नबाट बच्नु नै बेस हुन्छ । तिमीभन्दा त उसको यो राम्रो छ, त्यो राम्रो छ भनेर तुलना गर्नुभयो उसलाई निकै नै नराम्रो लाग्छ । तपाईंप्रतिको विश्वास डगमगाउन थाल्छ । कसैलाई पनि आफ्नो तुलना आफ्नो जीवनसाथीले अरु कसैसँग गरेको मन पर्दैन ।

तिमीलाई त यति पनि आउँदैन है नभन्नुस्
तपाईंले अपेक्षा गरेको केही सामान्य काम तपाईंको जीवनसाथीले गर्न सकेन भने ‘यति पनि आउँदैन है’ भनेर नभन्नुस् । बारम्बार तपाईंले त्यस्तो भनिदिँदा उसलाई निकै नराम्रो लाग्न सक्छ । जसले सम्बन्ध टुट्ने अवस्थासम्म पुर्याउन बेर लगाउँदैन ।

बहसलाई नलम्ब्याउनुस्
पति-पत्नी वा प्रेमि-प्रेमिकाबीच कतिपय समयमा केही विषयमा बहस परिरहेको हुन्छ । यस्तो बहसलाई सकेसम्म नलम्ब्याएको नै राम्रो । यदि तपाईंलाई आफू ठिक छु लागेको छ भने पनि त्यसलाई पुष्टि गर्ने धुनमा बहसलाई नतन्काउनुस् । जब बहस निष्कर्षमा नै पुगेर टुंगिन्छ, त्यहाँ त एकको जित र अर्कोको हार अवश्य नै हुन्छ । यसले जित्नेमा घमण्ड र हार्नेमा बदलाभाव उत्पन्न हुन थाल्छ । जसले कालान्तरमा तपाईंको सम्बन्धमा फाटो ल्याउन सक्छ ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage