scheduleमगलवार माघ ११ गते, २०७३

धोनीले कप्तानी छाडेपछि साक्षीले गरेको यस्तो ट्वीटले धेरैको मन जित्यो

काठमाडौं, २१ पुस । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले एकदिवसिय तथा टी-ट्वान्टीको कप्तानी छाडेपछि उनकी पत्नी साक्षीले गरेको एउटा ट्वीटले धेरैको मन जितेको छ ।

विश्वविजेता भारतीय कप्तान धोनीकी पत्नीले ‘मलाई तपाईंमा गर्व छ’ भन्दै ट्वीट गरेकी हुन् ।

साक्षीले लेखेकी छन्, ‘तपाईंका लागि सफलताको कुनै शिखर चढ्न मुस्किल छैन । मलाई तपाईंमा गर्व छ ।’

उनको यस्तो ट्वीटलाई धेरैले मन पराएका छन् । यसका स्क्रिन शर्टहरु भारतीय क्रिकेट समर्थकमाझ भाइरल बनेको छ ।

नौ वर्षसम्म भारतीय क्रिकेट टिमको कप्तानी सम्हालेका धोनीले आफ्नो टिमलाई एकदिवसीय तथा टी-ट्वान्टी विश्वकप तथा च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए ।

धोनी एकदिवसीय कप्तानीको मामलामा २०० पुग्न १ खेलमात्र टाढा थिए । यस्तो अवस्थामा धोनीले एक्कासी कप्तानी छाडेका हुन् । उनले सन २०१४ मा यस्तै अप्रत्यासित निर्णय लिँदै टेष्ट टिमको कप्तानी छाडेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage