गजल
ठानप्रसाद बसौलालुकिलुकी मलाई हेर्न खोज्छे ऊ
दुई आँखी तरबारले सेर्न खोज्छे ऊ ॥
आफ्नै सुरमा खुला सडक हिँड्दा पनि
टोले गुण्डा लगाएर घेर्न खोज्छे ऊ ॥
नालिस उजुर गरी पाइन्छ रे माया
किनारा साक्षी राखी केर्न खोज्छे ऊ ॥
कस्तो हो कुन्नी मौसम झै परिवर्तन
बस्त्र फेरे झैं माया फेर्न खोज्छे ऊ ॥
लाजै नहुनेको लज्जावती नाम रे
चौबाटोमै अंगालोमा बेर्न खोज्छे ऊ ॥
