scheduleबिहिवार श्रावण १२ गते, २०७४

राजधानीमा एमालेको शक्ति प्रदर्शन, यी क्षेत्रमा सडक प्रभावित

काठमाडौं, २२ पुस । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा शुक्रबार एमालेले गरेको शक्ति प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ ।

शक्ति प्रदर्शनमा सहभागी हुनका लागि देशका विभिन्न ठाउँबाट नेता तथा कार्यकर्ता राजधानी आएका छन् । त्यस्तै एमालेले राजधानीको करीब चालिस ठाउँबाट विरोध र्‍याली निकालेपछि यातायात प्रभावित भएको हो ।

एमालले र्‍याली व्यवस्थापन गर्नका लागि एमालेले झण्डै पाँच सयको संख्यामा स्वयसेवक खटाएको बताएको छ । शक्ति प्रदर्शनमा करीब डेढ लाख मानिसको उपस्थिति हुने एमालेको जिकिर छ ।

त्यस्तै नेकपा एमालेले राजधानीको सुरक्षा व्यवस्थामाथि चिन्ता व्यक्त गरेको छ ।

जनप्रदर्शनले यी ठाउँमा प्रभावित छ सडक

नेकपा एमालेसहित विभिन्न नौ विपक्षी दलहरुले राजधानीमा जनप्रदर्शन गर्ने क्रममा करीब चालिस ठाउँबाट र्‍याली निकालेका छन् । नेकपा एमालेले रत्नपार्क, नेकपा मालेले मैतीदेवी, नेमकिपाले सुन्धारा, परिवार दलले नागपोखरीबाट र्‍याली निकालेका छन् ।

त्यस्तै बहुजनशक्ति पार्टीले माइतीघर र अन्य अरु दलले रत्नपार्कबाट र्‍याली निकालेका छन् । एमालले राजधानीका अन्य ३२ ठाउँबाट र्‍याली निकालेको छ ।‍

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC