scheduleसोमवार कार्तिक ६ गते, २०७४

बहुप्रतिक्षित फिल्म ‘लुट-२’ टिजर सार्वजनिक (टिजरसहित)

काठमाडौं, २२ पुस । बहुप्रतिक्षित नेपाली फिल्म ‘लुट- २’ को टिजर सार्वजनिक भएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण पक्षले ‘लुट- २’ को टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा द्धन्द्ध तथा सस्पेन्सलाई विशेष महत्व दिइएको छ ।

फिल्ममा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, रामेश्वर चौसिया लगाएका कलाकारले अभिनय गरेका छन् । चलचित्रको कथा, पटकथा तथा निर्देशन निश्वल बस्नेत रहेको फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनले लगानी गरेका छन् ।

ट्रेलरले दर्शकलाई फिल्मप्रति कौतुहलता समेत प्रदान गरेको छ ।

फिल्मले ‘लुट’ले छाडेको कथालाई निरन्तरता दिदै सँगसँगै पछिल्लो समय जनताहरु मारमा परेको ‘भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि फिल्मले पर्दाफास गर्ने निर्देशक निश्वल बस्नेतले बताए ।

टिजर हेर्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC