scheduleमगलवार माघ ११ गते, २०७३

को हुन् ओम पुरी ? यस्तो थियो उनको फिल्मी यात्रा

एजेन्सी । भारतीय अभिनेता ओम पुरीको शुक्रबार हृदयघातका कारण निधन भयो । करीब सयभन्दा बढी बलिउड फिल्म र २० वटा हलिउड फिल्ममा अभिनय गरेका थिए । उनले फिल्म ‘अर्ध सत्य’ र ‘आरोहण’ मा निभाएको भूमिकाले राष्ट्रिय अवार्ड पाएको थियो । सन् १९९० मा ओम पुरीलाई पद्मश्री समेत प्रदान गरिएको थियो । यसलाई भारतको निकै ठूलो सम्मानको रुपमा लिने गरेको पाइन्छ ।
बताइएअनुसार हालका दिनमा उनी सलमान खान स्टारर फिल्म ‘ट्यूबलाइट’ को शुटिङमा व्यस्त थिए । उनका छिमेकीका अनुसार गत आइतबार मात्रै एक फिल्मको शुटिङ सकेर घर आइपुगेका थिए । शुक्रबार उनको चालक घरको ढोका ढकढक्याएका थिए । ढोका नखोलिएपछि उनले प्रहरीमा सम्पर्क गरेका थिए ।
को हुन् ओम पुरी ?
ओम पुरीको जन्म सन् १९५० अक्टोबर १८ तारिखका दिन पञ्जाबमा भएको थियो । उनले हिन्दी फिल्मका अलवा पाकिस्तानी तथा हलिउड फिल्ममा समेत काम गरिसकेका छन् ।
पुरीले पुणेको फिल्म एण्ड टेलिभिजन इन्टिच्यूट अफ इण्डियामा अध्ययन गरेका थिए । उनले दिल्लीको नेशनल स्कूल अफ ड्रामामा पनि अध्ययन गरेका थिए । जहाँ जसीरुद्दीन शाह उनका सहपाठी थिए ।
ओमपुरीले आफ्नो निजी थिएटर ग्रुप ‘मजमा’ समेत बनाएका थिए । ओम पुरीले आफ्नो जीवनमा दुईवटा विवाह गरेका थिए ।
यस्तो रह्यो फिल्मी यात्रा
साधारण अनुहारको बाबजुद् पनि ओम पुरी आफ्नो विशेष अभिनय, आवाज, र डाइलग प्रस्तुतीकरणमा परिचित थिए । उनले अभिनय गरेको पहिलो चलचित्र ‘घासीराम कोतवाल’ हो । जुन सन् १९७६ मा रिलिज भएको थियो ।
अमरीश पुरी, स्मिता पाटिल, नसीर र शबाना आजमीसँग मिलेर उनले केही सम्झनलायक फिल्महरु दिए । सन् १९८० मा रिलिज भएको फिल्म ‘भवनी भवई’ र ‘आक्रोश’, सन् १९८१ मा ‘सद्गति’, १९८२ मा ‘अर्ध सत्य’ र ‘डिस्को डांसर’ १९८६ मा आएको फिल्म ‘मिर्च मसाला’ र १९९२ मा धारावी’ मा उनको भूमिका रुचाइएको थियो ।
सनी देओलसँग ‘घायल’ र १९९६ मा गुलजारको ‘माचिस’ मा उनले आतंककारीको भूमिका निभाएका थिए । फिल्म ‘माचिस’ मा ‘आधों को ४७ ने लील लियो और आधों को ८४ ने’ बोलेको यो डाइलग निकै चर्चित बनेको थियो ।
‘जाने भी दो यारो’, ‘हेरा-फेरी’, ‘चाची ४२०’, ‘मालामाल वीकली’, ‘सिंग इज किंग’, ‘बिल्लु’ मा ओम पुरीले कमेडी फिल्म गरेका थिए ।
प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage