scheduleबिहिवार चैत्र १७ गते, २०७३

हिजो संविधान जलाउनेहरु नै संशोधनको माग गरिरहेका छन्: अध्यक्ष ओली

काठमाडौं, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नो आयू लम्ब्याउन अघि सरेको बताएका छन् ।

शुक्रबार राजधानीमा नेकपा एमाले लगायत नौ विपक्षी दलले गरेको विरोध सभामा बोल्दै ओलीले भने, ‘अहिलेको सरकार निर्वाचन गराउन चासो छैन आयू बढाउनमा लागेका छन् ।’

अध्यक्ष ओलीले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव देश र जनताको हित विपरीत भएको बताउँदै प्रस्ताव जसरी भएपनि पारित हुन नदिने उल्लेख गरे । साथै ओलीले संशोधनको विरोधमा राजधानी जसरी जागेको छ त्यसरी नै देशभर जागरण ल्याउने बताए ।

उनले शुक्रबार विरोध सभामा पनि मधेसी दलहरुलाई झटारो हान्न भ्याए । ओलीले भने, ‘हिजो संविधान जारी गर्न नदिनेहरु, सविधान जलाउनेहरु, च्यात्नेहरु सविधान संशोधन माग गरिरहेका छन् ।’ हिन्दी भाषालाई सरकारी भाषा बनाएमा मैथली, भोजपुरी र अवधीलाई प्रभाव पर्ने ओलीको भनाइ छ ।

संविधान संशोधन आवश्यकता र औचित्यको आधारमा गरिनुपर्नेमा उनको जोड थियो । आजको आन्दोलन राष्ट्रहितका निम्ती भएको ओलीको दाबी रहेको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage