scheduleशुक्रवार मंसिर ८ गते, २०७४

लौ चिन्नुहोस् देशका यी गद्दारहरु !

नरबहादुर कार्की

सबैभन्दा प्रचण्ड गर्मी छ तराईमा त्यहाँ स्विमिङ पुल छैनन्, किन ? सबैभन्दा बढी जनसंख्या छ तर कुनै हिरो र हिरोइन छैनन् त्यो रङ्गका किन ?

पहाडका विदेशमा दोघरे हुँदा केही नहुने तर मधेशका मान्छेले प्रमाण दिनुपर्ने किन ? जनता बढी मधेसमा र नेता बढी मध्य पहाडमा किन ? मधेशका वन फाँडेर बनेका राजाधानीका महल मन्दिरमा भिखारी मधेशका किन ?

नरबहादुर कार्की

हजारौं शिक्षक मधेशका, तिनले पढाएका विद्यार्थी उनैलाई सम्मान नगर्ने किन ? भाषाको कारण पाकिस्तानले बंगलादेश गुमायो, भाषा आफ्नो नमाग्ने किन ?

थापा, नेपाल, वली, दाहाल भारत जाँदा भ्रमण हुने मधेसका नेता गए-गुहार किन ? आफ्नो छोराछोरीले खैरेसँग बिहे गर्दा गर्व, बिहार र युपी चाँहि अछूत किन ?

इटहरी, बर्दिबास, बुटवल, कोहलपुर, अत्तरिया र कंचनपुर कस्का गाई भैंसी चर्ने ठाउँ हो ? देशहरुबीच, शक्तिहरुबीच, दरबार र राणाको लेन्देनका वस्तु बनेको ईतिहास बोकेका को हुन् ?

आज पनि छोरी, बुहारीहरुको जीवन पौराणिककालमा छ- त्यो शिक्षा र चेतना विकास नगरेको कस्ले ? मधेसका जनतामाथि अन्याय भएको हो यो स्वीकार्नु पर्छ ।

यो देशमा दुईजना गद्दार छन्-
१. पुरातनवादी राष्ट्रियताको दुहाई दिने ‘संस्थापन’
२. जमिनदारबाट २०४७ पछि नेता बनेका तराईका ‘सामन्त’हरु जो मधेसका विपन्न जनताको राजनीतिक शोषण गर्छन् ।

… हो, ईतिहास उस्ताको उस्तै दोहोरिँदैन चाहे स्वर्णिम होस् चाहे पीडादायी तर, जरुर यो कुरा विश्वले राम्ररी बुझ्नुपर्छ कि आउने समयले सबैका लागि राम्रै ल्याउँछ भन्ने केही छैन । यदी विचार पुर्‍याइएन भने ।

जब गालामा राष्ट्रिय झन्डा र मनमा असहिष्णु भावना बोकेका मान्छेको जिम्मा ‘राष्ट्रियता’ सल्बलाएको देख्छु, जब खुलेआम निर्दिष्ट ‘शासक्त्व’ देख्छु, जब एक हिस्सा नेपाली आफुलाई ‘बिर्सिएका’ नागरिक ठान्ने गरेको देख्छु, जब आधुनिक राज्यको ‘रचना’ गरिरहँदा धार्मिक कट्टरता यस्का रचनाकारको मस्तिष्कमा हावी देख्छु, मलाई आउँदै गरेको भविष्यका दुस्वप्नले सताउँछन् । यिनै अतिहरु भित्र हामी नजानिँदो तरिकाले कसैलाई बोलाई रहेका छौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC