scheduleसोमवार फाल्गुन ९ गते, २०७३

घरमै बसेर केही मिनेटमै पत्ता लगाउनुहोस् तपाईंको मुटुको अवस्था

शरीरका अन्य अंगहरुजस्तै मुटु पनि कयौं कारणहरुले गर्दा बिरामी पर्न सक्छ । मुटुको बिरामीलाई सामान्यतयाः हृदय रोग अथवा मुटुको रोग भनिन्छ । यसमा मुटुसँग सम्बन्धित विभिन्न रोग र समस्याहरु पर्दछन्, जसले मुटुलाई समस्यामा पर्दछन् ।

आजकल भागदौडपूर्ण जीवनले गर्दा मुटुसम्बन्धी समस्याहरु आम बन्दै गइरहेका छन् । यदि तपाईं पनि मुटुको स्वास्थ्य अवस्थासँग चिन्तित हुनुहुन्छ भने हामी यहाँ घरमै बसेर गर्न सकिने सामान्य अभ्यासको बारेमा जानकारी दिन गइरहेका छौं, जसले तपाईंको मुटुको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ ।

यो अभ्यास कयौं मेडिकल अनुसन्धानहरुले पुष्टि गरेको अभ्यास हो । यस्तो अभ्यासबाट तपाईले केही मिनेटमै आफ्नो मुटुको अवस्था पत्ता लगाउन सक्नुहुनेछ ।

समथर भुईमा बस्नुहोस् र दुवै खुट्टा सिधा बनाउनुहोस् । यसलाई हामी खुट्टा पसार्ने पनि भन्छौं । खुट्टा सिधा बनाएपछि (तस्बिरमा जस्तै) हात खुट्टाको औंलातिर फैल्याएर शिर झुकाउनुहोस् ।
अब आफ्नो दुवै हातको औंलाले आफ्नो दुवै खुट्टाका औंला छुने प्रयास गर्नुहोस् ।

यदि तपाईं खुट्टा नखुम्च्याइकन आफ्नो हातको औंलाले खुट्टाको औंला छुन सफल हुनुभयो भने तपाईंको मुटुको अवस्था ठिक भएको मान्न सकिन्छ । यसले तपाईंको मुटु बिलकुल ठिक अवस्थामा रहेको संकेत गर्दछ ।

यदि यो अभ्यासमा तपाईं असफल हुनुभयो भने तपाईंले तत्काल चिकित्सकसँग आवश्यक परामर्श लिनु उचित हुन्छ ।
स्रोतः ओन्लिआयुर्वेद डट कम

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage