scheduleमगलवार माघ ११ गते, २०७३

झापामा हात्तीको उपद्रो, सर्वसाधारण आतंकित

चारआली, २४ पुस । जंगली हात्तीको उपद्रोका कारण झापा चारआलीका सर्वसाधरण आतङ्कित बनेका छन् ।

दिनहुँ गाउँ पसेर उपद्रो गर्दै आएपछि स्थानीय आतङ्कित हुँदै आएका हुन् । शनिबार बेलुका चारआली जंगलबाट पसेको एउटा दारे हात्तीले ३ वटा घर भत्काउँदा करीब तीन लाख बढीको क्षति पुर्‍याएको छ । जंगली हात्तीले स्थानीय रुपनारायण गौतमको १० मन धान र ढिकुटी भत्काउनुका साथै सुपारी भाँचेर करीब १ लाख बराबरको क्षति पुगेको छ । गौतमको ढिकुटीभित्र राखिएको भक्कारी भत्काएर आधा धान खानुका साथै आधा धान छरेर क्षति गरेको हो ।

त्यसैगरी गौतमका छिमेकी जुना भण्डारीको घरभित्रको एउटा कोठामा राखेको ८ मन धान क्षति गर्नुका साथै सेन्टरबेरा नै भत्काउँदा करीब ८० हजार मूल्यको क्षति गरेको पीडित भण्डारीको भनाइ छ ।

त्यस्तै सोही वडाको अर्का ऋषि खतिवडाले ६ मन चामल र बाँसको टाँटीको बेरा भत्काएर ५० हजारबढीको क्षति गरेको स्थानीय समाजसेवी लक्ष्मण कार्कीले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage