scheduleबुधवार जेष्ठ १० गते, २०७४

मुखभित्र घाउ आउने समस्याबाट हैरान ? यस्तो घरेलु उपचारले तुरुन्तै निको हुन्छ

(एजेन्सी) २५ पुस । मुखभित्र बारम्बार खटिरा आउने समस्याबाट हामीमध्ये कतिपय पीडित छौँ । अस्पताल नै जान पनि सामान्य समस्या, त्यही पनि एकपटक औषधि खायो फेरि केहीदिनमा उस्तै हुने । त्यसैले यसबाट छुटकारा पाउन निकै गाह्रो परिरहेको हुन्छ ।

आउनुस्, आज हामी तपाईंलाई केही घरेलु उपाय सिकाउँदैछौँ, जसले मुखभित्र खटिरा आउने समस्याबाट छुटकारा दिलाउँछ ।

 

बेकिङ सोडा
मुखभित्र छालामा आउने चोटका लागि बेकिङ सोडाको प्रयोग निकै उपयोगी हुन्छ । मनतातो पानीमा एकचम्चा बेकिङ सोडा मिसाउनुस् । यस्तो पानीले दैनिक एकपटक मुख कुल्ला गर्नुस् । यसले मुखभित्रको छालामा आउने चोट निको पार्न त सहयोग गर्छ नै दुखाई पनि कम हुन्छ ।

आलुबखडाको जूस
आलुबखडाको जूस माउथवासको रुपमा प्रयोग गर्दा पनि मुखभित्रको घाउ निको हुन्छ । यसका लागि करिब २ चम्चा आलुबखडाको जुसलाई मुखमा लिएर २/३ मिनेटसँग त्यहीँ खेलाउनुस् । या कपासको टुक्रो आलुबखडाको जुसमा भिजाएर घाउ आएको ठाउँमा राख्नुहोस् ।

फिटकिरी
फिटकिरीको प्रयोगले दुखाई कम हुन्छ । दिनमा दुईपटक फिटकिरीलाई मुखभित्र घाउ आएको ठाउमा लगाउनुहोस् । तर, यसको प्रयोग गर्दा सुरुमा केही दुखाई भने महसुस हुनसक्छ ।

टी ब्याग
मुखभित्रको छालाको उपचारका लागि टी ब्याग निकै उपयोगी हुन्छ । यसमा रहेको ट्यानिक एसिडले छालाको दुखाई कम गर्छ । एकपटक प्रयोग गरिसकेको टी ब्यागलाई मुखभित्र घाउ आएको छालामा १०/१५ मिनेटसम्म राख्नुहोस् । तपाईंले धेरै राहत महसुस गर्नुहुन्छ ।

चियाको बोटको तेल
चियाको बोटबाट निकालिने तेललाई किटानाशक मानिन्छ । ९० प्रतिशत पानीमा १० प्रतिशत चियाको तेल मिलाएर दिनमा दुईपटक मुख कुल्ला गर्नुहोस् । यसले मुखभित्रको छाला ठीक हुनेमात्र होइन, दुखाई पनि कम हुन्छ ।

नुन-पानी
नुन-पानी पनि मुखभित्रको दुखाई कम गर्नका लागि लाभदायक हुन्छ । नुनमा छालालाई सुकाउने गुण हुन्छ, त्यसैले मनतातो पानीमा एकचम्चा नुन मिसाएर सम्भव भएसम्म धेरै पटक मुख कुल्ला गर्नुहोस् ।

अम्बाको पात
अम्बाको पात चपाउँदा पनि मुखभित्रको छाला ठीक हुन्छ ।

अलैँची
अलैँचीलाई पिसेर महसँग मिलाइ मुखभित्रको छालामा लगाउँदा फाइदाजनक हुन्छ । यसले मुखको दुर्गन्ध हटाउन पनि सहयोग गर्छ ।

निम पत्ता
निम पत्तामा एन्टिसेप्टिक गुण हुन्छ । यो किटाणु नष्ट गर्न निकै उपयोगी मानिन्छ । त्यसैले दिनमा दुईतीनपटक निम पत्ता चपाउनुस्, चोट केही दिनमै निको हुन्छ । यो अत्याधिक तितो हुन्छ, त्यसैले चपाउन सक्नुभएन भने निमपत्तालाई पिसेर गाइको घ्यूमा मिसाइ मुखभित्र घाउ आएको ठाउँमा लगाउँदा पनि हुन्छ ।

बेसार
मुखभित्र घाउ आएको ठाउँमा बेसार लगाउँदा फाइदाजनक हुन्छ । बेसारलाई पानीमा मिसाएर उबाल्नुस्, त्यो पानी मनतातो हुने गरी सेलाएर मुख कुल्ला गर्दा निकै फाइदा हुन्छ ।

Source: OnlyMyHealth

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage