scheduleशुक्रवार चैत्र ११ गते, २०७३

साउदी नेतृत्वको हवाई आक्रमणमा आठ विद्यार्थीको मृत्यु

साना (यमन), २६ पुस । मङ्गलबार साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा परी यमनको राजधानी साना नजिकै कम्तिमा आठ जना विद्यार्थीको मृत्युभएको छ ।

साउदी नेतृत्वको युद्धक विमानबाट स्थानीय एक प्रारम्भिक विद्यालयमा आक्रमण भएको र पढ्न विद्यालयमा पुगेका आठ जना विद्यार्थीको निधन भएको स्थानीय वासिन्दा तथा उद्धारकर्मीले जनाएका छन् ।

घटनामा १५ जना विद्यार्थी गम्भीररुपमा घाइते भएका बताइएको छ । आक्रमणस्थल राजधानी सानाबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको नेहम जिल्लामा पर्छ ।

आक्रमणबाट भत्केको विद्यालय भवनको भग्नावशेषभित्र कैयौँ विद्यार्थी पुरिएको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएका उद्धारकर्मीले जनाएका छन् । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage