scheduleसोमवार फाल्गुन १६ गते, २०७३

आत्मघाती आक्रमणमा सातको मृत्यु

लास्कार घा (अफगानिस्तान), २६ पुस । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लास्कार घामा मङ्गलबार भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सो विस्फोटमा परी विस्फोटनकारी स्वयम् र अन्य ६ व्यक्तिको मृत्यु भएको प्रान्तीय उपप्रहरी प्रमुख गुल हाई खानले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । खानका अनुसार यस आक्रमणमा परी अन्य दुई व्यक्ति घाइते भएका छन् ।

यस घटनाको विस्तृत विवरण नदिइकन अनुसनधान जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रान्तीय प्रहरी प्रमुखकाअनुसार यस आक्रमण परेका सबै सर्वसाधारण नागरिक रहेका छन् ।

यद्यपि अस्पताल स्रोतले भने यस आक्रमणमा परी नौ व्यक्ति घाइते भएका र उनीहरुको उपचार भइरहेको जानकारी दिएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा नलिएको, तर यस क्षेत्रमा तालिवानी आतङ्ककारीको समूहको बलियो पकड रहेको हुनाले यस आक्रमणमा पनि यिनको नै हात रेहेको दाबी प्रहरीको रहेको छ । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage