scheduleबिहिवार चैत्र १७ गते, २०७३

छाउपडी प्रथाको अन्त्य गर्न पूर्वगृहमन्त्री बस्नेतलाई आग्रह

जाजरकोट, २६ पुस । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई जाजरकोट पश्चिमका महिलाले छाउपडी गोठमा बस्न बाध्य पार्ने चलनको अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् ।

आज मजकोटको साना खोलामा भएको आमसभामा पुगेका महिलाले ज्ञापनपत्र बुझाउँदै छाउगोठको अन्त्यको माग गरेका हुन् । आफूहरु लामो समयदेखि महिनावारी र सुत्केरी हुँदा छुट्टै गोठमा राखी अर्कै दर्जाको नागरिक बनाएको भन्दै यस्तो कुप्रथाको अन्त्य गर्न विशेष कार्यक्रम ल्याउन नेता बस्नेतसँग माग गरेका हुन् ।

देवी देवता रिसाउने भन्दै महिलामाथि गरिएको यस्तो ज्यादती छिटो बन्द गर्न माग गरिएको हो । जिल्लाका मजकोट, गर्खाकोट, कोताग र दह गाविसमा अझै छाउपडी प्रथाका कारण महिलाले पीडा खेपिरहेको मजकोटका स्थानीय अधिकारवादी काशीराम न्यौपानेले बताए ।

त्यस्तै छेडा, चादे हुँदै जुम्जा जोड्ने सडक निर्माणमा तीव्रता दिन र स्वास्थ्य संस्थामा दरबन्दीअनुसारको स्वास्थ्यकर्मीको पहल गर्न माग गरेका छन् । टेलिफोन टावर नहुँदा अहिलेको जमानामा पनि फोन गर्न नपाएको भन्दै छिटो निर्माणका लागि पहल गर्न बस्नेतलाई माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै बस्नेतले सबै कुराको सम्बोधनका लागि आफू लागिपरेको आश्वासन दिए । जाजरकोट डोल्पा सडक निर्माण, पर्यटन प्रवद्र्धन अनि रेडपान्डाको संरक्षण र चाखुरे पर्यटनका लागि बजेट विनियोजन गरी काममा तीव्रता दिएर स्याबासी पाएका बस्नेतलाई थप काम गर्न जनताले ध्यानाकर्षण गराएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
sajhapost.com Vacancy
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage