scheduleमगलवार माघ ११ गते, २०७३

उच्चस्तरीय बैठकमा रावलको रिपोर्टपछि किन स्तब्ध बने शीर्ष नेता ?

फाइल फोटो

काठमाडौं, २७ पुस । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रियतामाथि गम्भीर किसिमले खतरा पैदा भएको बताउँदै गर्दा एमाले नेता भीम रावलले नेपालमा हिंसात्मक संघर्ष सुरु गर्न अन्यत्र सैन्य तालिम दिने काम भइरहेको विवरण प्रस्तुत गरेपछि दलका नेताहरू स्तब्ध बनेको समाचार प्रप्त भएको छ ।

प्रप्त जानकारीअनुसार गत साताको बिहीबार राष्ट्रपति विद्या भण्डारीले पाँच प्रमुख दलका नेताहरूलाई राष्ट्रपति भवनमा बोलाएर चिन्ता जाहेर गरेका थिए ।

उनले देश निकै अप्ठ्यारो स्थितिमा पुगेको र राष्ट्रियता एवम् राष्ट्रिय एकतामाथि आँच आउने प्रकारका क्रियाकलाप भएको बताउँदै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रपतिले आफ्ना कुराहरू राखिसक्दा–नसक्दै एमालेका नेता भीम रावलले ब्रिफकेसबाट केही कागजका पानाहरू निकालेर देखाउँदै भने, ‘अहिले पृथकतावादीहरू सीमापारि सैन्य तालिम दिने काम भइरहेको छ, आगामी अप्रिल (चैत–वैशाख)देखि नेपालमा सशस्त्र युद्ध सुरु गर्ने र देश विभाजित गर्ने योजना बनेको सूचना हामीलाई प्राप्त भएको छ ।’

रावलको भनाइ थियो, ‘संविधान संशोधन नै भए पनि देश टुक्र्याउनेहरूले आफ्नो क्रियाकलाप रोक्ने देखिँदैन । निकट भविष्यमै आउने यसप्रकारको चुनौतीको सामना गर्न सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने आवश्यकता छ ।’

नेता रावलका कुरा सनेपछि बैठकमा उपस्थितमध्ये अधिंकाश नेता स्तब्ध र गम्भीर बनेका थिए । घटना र विचार साप्ताहिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage