scheduleसोमवार फाल्गुन ९ गते, २०७३

३३ किलो सुन तस्करीबारे अर्थ समितिमा छलफल

काठमाडौँ, २७ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ३३ किलो सुन बाहिरएको घटनाको सम्बन्धमा व्यवस्थापिका–संसद्, अर्थ समितिले सुरक्षा निकाय र भन्सार विभागसँग छलफल गरेको छ ।

गत बिहीबार भन्सार छलेर पिङ्गलास्थान पुर्‍याइएको उक्त परिमाणको सुन केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बरामद गरेपछि विमानस्थलबाट भइरहेको सुन तस्करीबारे छलफल गर्न आज अर्थ समितिले बैठक बोलाएको थियो ।

बैठकमा सहभागी सुरक्षा निकायका प्रतिनिधिले आफूहरुलाई भन्सारको सुरक्षा जाँचमा सहभागी नगराइने गरेकाले सोको जिम्मा भन्सारले लिनुपर्ने बताए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलको भन्सारमा समेत आफूहरुलाई चेकजाँच गर्ने अधिकार दिइनुपर्नेमा जोड दिए ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले सुन तस्करी काण्डमा विभागका कर्मचारीको संलग्नता रहे कारबाही गरिने बताउँदै सो बारे छानबिन समिति गठन गरिएको जानकारी गराए ।

अर्थ मन्त्रालय, राजस्व विभागका सचिव राजन खनालले सुन तस्कारको जालो ठूलो रहेको भन्दै सोही कारण केही व्यवसायीले नेपाल राष्ट्र बैंकमार्फत सुन नकिनी तस्करसँग किन्ने गरेको बताए ।

छलफलमा अनुसन्धान ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सुन तस्करीको घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरे।

समितिका सदस्य हरिलाल ज्ञवालीले सुन तस्करीबारे आज प्रारम्भिक छलफल भएको र भोलि पुनः यही विषयमा बैठक बसी निर्णय लिइने जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage