पृथ्वी
गजल
दाउरा झै टुक्रा पारी देश बाले पृथ्वी
मन भूगोल जोड्ने तिम्रा शालिक ढाले पृथ्वी
सत्ता स्वार्थ सुख भोग तुच्छ लालसा
वैरिलाइ साथ लिइ पाइला चाले पृथ्वी
सुन्दर मेरो मेची काली मन एक छन्
सद्भाव पूर्ण हाम्रा मनमा सुलि हाले पृथ्वी
हाम्रा मात्र राम्रा रे राम्रा हाम्रा हुन्न रे
धपाएका वैरी डाकी पाल्न थाले पृथ्वी
स्वर्णिम अक्षरमा लेखिएको विरगाथा अग्र्जका
गहतको झोलमा व्यर्थ इज्जत फाले पृथ्वी
पुनर्जन्ममा विश्वास छ आउ मेरो धर्तिमा
निभाउ दन्केको आगो देश बाले पृथ्वी ।