scheduleमगलवार माघ ११ गते, २०७३

ज्ञवाली प्राधिकरणको सिईओबाट बर्खास्त, नयाँ सिईओमा डा. पोख्रेल

काठमाडौं, २७ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सिईओबाट बर्खास्त गरी डा. गोविन्द पोख्रेललाई सिईओ नियुक्त गरेको हो । पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । प्युठान रस्पुरकोट निवासी डा. पोख्रेल सत्ता साझेदार नेपाली कांग्रेसको प्रस्तावमा पुनर्निर्माण प्राधिकरणमा नियुक्त भएका हुन् ।

बर्खास्त गरिएका ज्ञवाली एमाले सरकारको पालामा प्राधिकरण प्रमुख बनाइएका थिए । भूकम्पपीडितको पक्षमा काम गर्न नसकेको भन्दै सरकारले ज्ञवालीसँग स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले काम नहुनुमा सरकार नै दोषी रहेको भन्दै ठाडो प्रतिउत्तर दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage