scheduleमगलवार माघ ११ गते, २०७३

स्थानीयको सघाउने प्रतिवद्धतापछि नेपालगन्ज सदरलाइन सडक विस्तार हुने

नेपालगन्ज २७ पुस । नेपालगन्ज बजारको सदरलाइन सडक चौडा गर्न स्थानीयबासीले साथ दिने प्रतिबद्धता जनाएपछि सडक विस्तार आयोजना अघि बढने भएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्ज उपमहानगरपालिका, सरोकारवाला र स्थानीयबासी बीच भएको छलफलमा घरधनीले आप्mनो संरचना आफैं भत्काउने सहमति जनाएपछि सो सडकखण्ड चौडा हुने भएको हो ।

एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाको सहयोगमा सो सडकखण्ड १४ मिटर चौडा गरिने भएको छ ।

सडक विस्तार गर्दा हुने क्षती न्यूनीकरण र सरोकारवालासँगको सहजीकरणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा २२ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ ।

नगरपालिकाका प्रमुख गिरीराज ज्ञवालीले आयोजना संचालनमा स्थानीयबासीको सहयोग नै मुख्य प्राथमिकता रहेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage