scheduleसोमवार फाल्गुन ९ गते, २०७३

फार्कसमूह आगामी छ महिनाभित्र पूर्णतया हतियारबिहीन वन्ने

कोलम्विया, २७ पुस । कोलम्वियामा करिव छ दशकदेखि शसस्त्र गुरिल्ला युद्ध सञ्चालन गर्दै केही समय पहिले युद्धविराम गरी शान्ति प्रक्रियामा आएको ‘रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्विया’ (फार्क) समूह आगामी छ महिनाभित्र आफ्ना सम्पूर्ण हतियार बुझाई निशस्त्र बन्ने कोलम्विया सरकारले बताएको छ ।

कोलम्वियाको रणनैतिक सङ्क्रमण दस्ताका जनरल जाभियर फोरेजले मुलुकको सबैभन्दा ठूलो विद्रोही समूहले प्रक्रियामा आउन उसलाई दिइएको समयसीमा राम्रोसँग पालना भइरहेको मङ्गलबार सञ्चारकर्मीसँगको भेटमा बताए ।

फार्कका ९० प्रतिशत समूहहरु प्रभाभित क्षेत्रको १० किलोमिटर सीमाक्षेत्रभित्र रहेको र १० प्रतिशत ‘ट्रान्जिसन जोन’ भित्र घुमिरहेको उनले बताए ।

कोलम्वियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोसले हालै फार्क समूहसँग शान्ति सम्झौता गरेपछि पाँच दशकभन्दा लामो द्वन्द्वको अन्त्य भएको हो ।

मङ्गलबारै पूर्व विद्रोही फार्कका सेना प्रमुख टिमोलिया जिमेनेजले पनि आफ्नो समूहका लडाकू कुनै झडप बिना एकिकृत बन्दै आएको बताए ।

फार्कका ९० प्रतिशत समूहहरु हरेक क्षेत्रको १० किलोमिटर सीमाक्षेत्रभित्र रहेको र १० प्रतिशत सङ्क्रमण कालिन क्षेत्र भित्र घुमिरहेको उनले बताए ।

यसैगरी कोलम्वियास्थित संयुक्त राष्टङसङ्घ मिसनका एक निरीक्षक तथा तीन पर्यवेक्षकले नयाँ वर्षको अवसरमा फार्क समूहका लडाकूसँग नाचिरहेको स्थानीय सञ्चारमाध्यमले समाचार तथा तस्वीरहरु प्रकाशन भएपछि उनीहरुलाई कारवाही गरेको छ ।

राष्ट्र सङ्घको यो निर्णय कोलम्वियालाई शान्ति प्रक्रियामा प्रभावित क्षेत्रमा लडाकूको प्रमाणीकरणका शिलशिलामा तटस्थता अपनाउन दिइएको प्रतिक्रियाका रुपमा देखिएको छ । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Sajha Prakashan
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage