scheduleसोमवार आश्विन ९ गते, २०७४

प्रधानमन्त्रीको प्रश्न- पृथ्वीले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ?

भरतपुर, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन् । चितवनको भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ ।  तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो, उनले भने, ‘पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ ।’

उनले पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? भन्ने प्रश्नमाथि नेपाली राजनीतिमा अहिले पनि बहस भइरहेको धारणा राखे । उनले भने, ‘यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’

चितवनको विकासबारे बोल्दै उनले भने, ‘मैले केही दिन पहिल्यै मात्रै स्थानीय तह पूनर्संरचनाको रिपोर्ट बुझेको छु । चितवन अब महानगरपालिका बन्दैछ । हामी सबै महानगरपालिकाका बासिन्दा हुँदैछौं । मैले प्रतिवेदन बुझिसकेको छु, अब कार्यान्वयनको प्रक्रियातिर अघि बढिसकेको छ । महानगरपालिकाको मापदण्डमा पनि हाम्रो आफ्नै सीमा छ, विकासको गति र जनघनत्वका आधारमा हामीले महानगरपालिका मौलिक रुपमै बनाउँदै आएका छौं । चितवन विकासको बहुआयमिक सम्भावना बोकेको जिल्ला हो । चितवनको विकास र समृद्धिबारे मैले हिजै आफ्नो दृष्टिकोण राखिसकेको छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC