scheduleबिहिवार आषाढ़ ८ गते, २०७४

एकता दिवस : सरकारले किन मनाएन ?

काठमाडौं, २७ पुस । धेरैलाई लागेको थियो, आज सरकारले सार्बजनिक बिदा देला र एकता दिवस मनाउला ! तर, जनअपेक्षा पुरा भएन । सरकारले न सार्बजनिक बिदाको घोषणा गर्यो नत, एकता दिवस नै मनायो । यद्यपी, जनताले भने राष्ट्रिय एकता दिवस मनाए ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी केहि महिनाअघि नेपाल भ्रमणमा आउँदा सार्बजनिक बिदा दिने तर, नेपाललाई एकताको सुत्रमा बाँध्ने पृथ्वीनारायण शाह जन्मेको दिन भने बिदा नदिने भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना समेत भयो । राजतन्त्र नरुचाउनेहरुले समेत पूर्वराजा पृथ्वीनारायण शाहको खुलेर प्रशंसा गरे ।

सरकारले एकता दिवस नमनाएपनि सत्तारुढ दलकै कार्यकर्ताले एकता दिवस मनाउनुपर्ने भावसहितका अभिव्यक्ति सार्बजनिक गरे । राष्ट्रिय विभुति भन्ने, राष्ट्रनिर्माता मान्ने तर, जन्मदिन नमनाउने कुराको कतै मेल नखाएको र शाहको राष्ट्रप्रतिको योगदानलाई अवमूल्यन गरिएको उनीहरुको आरोप थियो । यद्यपी, केहिले शाहलाई सामन्तवादी शासक भनेर बिरोध पनि गरे ।

पूर्वराजा पृथ्वीनाराण शाहको नाम नसुन्ने नेपाली सायदै होलान् । उनैले बाईसे, चौबिसे राज्यलाई एकीकरण गरेर हालको नेपाल बनाएको इतिहास पनि सबैसामु छर्लङ्गै छ । थाहै नपाएका दिवस मनाइनु तर, सबैलाई ज्ञान भएको नमनाउनुका पछाडि धेरै कारण देखिन्छन् ।

कम्युनिष्टको नेतृत्वमा सरकार

अहिले सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । उनकै नेतृत्वमा राजतन्त्र अन्त्यको निम्ति जनयुद्ध भएको थियो । जनयुद्धमा १७ हजार भन्दा बलिदान दिएका थिए । पूर्वराजा जन्मेको दिनलाई दिवसका रुपमा मानेर सार्वजनिक बिदा दिँदा राजतन्त्रबिरोधी खेमाको भावनामा ठेस पुग्थ्यो । त्यसैले, सरकारले दिवस मनाएन । सार्बजनिक बिदा दिएन ।

ज्ञानेन्द्रको चलखेल

यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहको चलखेल बढेको छ । उनले एकै महिनामा दुईवटा विवादित विज्ञप्ती निकालिसकेका छन् । त्यतिमात्र होइन, राजावादी शक्तिहरु एकतावद्ध भईरहेका छन् । पृथ्वीनारायण शाह पनि शाहवंशीय पूर्व राजा नै भएकोले राजसंस्थाप्रतिको सहानुभुति बढ्ने सम्भावनाले बिदा नदिइएको हो ।

शाहका कमजोरी

पृथ्वीनारायण शाह बि.स. १७७९ मा (२९५बर्षअघि) जन्मिएका हुन् । तत्कालिन समयमा उनले भौगोलिक एकता त गरे तर, एकताको नाममा केहि जातिमाथि पिडा पनि दिएका थिए । उनी निरंकुश र सामन्ति पाराका हुनाले पनि सर्वमान्य बनेनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage