scheduleशुक्रवार जेष्ठ १२ गते, २०७४

पदबाट हटाइएकामा आश्चर्य लागेको छ – ज्ञवाली

काठमाडौँ, २७ पुस । आज पदमुक्त भएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको नतिजा एकपछि अर्कै गर्दै आइरहेका बेलामा सरकारले आफूलाई पदबाट हटाएकामा आश्चर्य व्यक्त गरेका  छन् ।

ज्ञवालीले आज एक प्रेस नोट जारी गर्दै पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै अगाडि बढाइरहेका बेला सरकारले आज आफूलाई प्रमुख कार्यकारी पदबाट हटाउन गरेको निर्णयले समग्र पुनःनिर्माण र पुनःस्थापनाका कार्यलाई प्रभावित गर्ने अवस्था सिर्जना हुने चिन्तासमेत व्यक्त गरेका  छन् ।

प्रेस नोटमा भनिएको छ, ‘प्रमुख कार्यकारी अधिकृतको पदमा मलाई मिति २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट पाँच वर्षका लागि नियुक्ति गरिएकामा आज भएको उक्त अन्यायपूर्ण निर्णय उपर कानूनी उपचार खोज्नुपर्ने अवस्था सिर्जना भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु ।’

आफू प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा अहोरात्र खटिएको उल्लेख गर्दै उनले प्राधिकरणबाट भएको पुनःनिर्माणसम्बन्धी कार्यलाई अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरिरहेको दाबी गरेका  छन् ।
आजको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage