scheduleशनिवार आश्विन ७ गते, २०७४

राप्रपाको कार्यक्रममा प्रचण्ड, के भने ?

काठमाडौँ, २७ पुस । राप्रपाले बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । समारोहमा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका थिए । कम्युनिष्ट भएपनि प्रचण्डले पूर्वराजा पृथ्वीनारायण शाहको खुलेर प्रशंसा गरे । उनले भने,‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ ।’

प्रचण्डले बुधबारकै क्याबिनेट बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको समेत जानकारी दिए । ०६२, ०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको उनले बताए । ‘कुन दिनमा विदा दिनु उचित छ र कुनलाई उचित छैन भन्न्े अध्ययन गरेर प्रतिवेदन पेश गर्न आजैको क्याबिनेटले समिति गटन गरेको छ ।’–प्रचण्डले भने ।

समितिले इतिहासको अध्ययन गरेर अहिलेको बुहजातीय देशमा विदाबारे कस्तो नीति बनाउन सकिन्छ भन्ने प्रतिवेदन दिने र सोही अनुसार सरकारी विदाहरु तय गरिने उनको भनाई थियो ।

साथै, राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीका दिन चियापान आयोजना गरेर ‘एउटा राजनीतिक मूल्य स्थापित गरेको छ’ भन्दै प्रधानमन्त्रीले राप्रपालाई धन्यावाद समेत दिन भ्याए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC