scheduleशुक्रवार जेष्ठ १२ गते, २०७४

पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुन्छ : नेता पोखरेल

पाल्पा, २७ पुस । नेकपा एमाले स्थायी समिति सदस्य शङ्कर पोखरेलले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुने बताएका  छन् ।

पाँच नम्बर प्रदेश विभाजनविरुद्ध संयुक्त सङ्घर्ष समितिको आयोजनामा बुधबार तानसेनमा आयोजित विरोधसभामा उनले भने –सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव नै षड्यन्त्रपूर्वक ल्याएको छ ।

नेता पोखरेलले अहिलेको अवस्थामा पहाड र तराईलाई छुट्याएर अलग अलग राज्य बनाउन कुनै हालतमा पनि दिन नहुने बताए ।

राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले नेपाली जनताले छ दशकभन्दा बढी समय लडेर ल्याएको गणतन्त्र सङ्घीयताकै कारण धरापमा पर्न दिन नहुने धारणा व्यक्त गरिन् ।

नेकपा मालेकी सांसद कमला विकले तराई र पहाडलाई अलग गर्नु उपयुक्त नभएको बताउँदै पाँच नम्बर प्रदेश विभाजनवरुद्ध संसद्मा निरन्तर कुरा उठाउने बताईन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage