scheduleमगलवार माघ ११ गते, २०७३

संविधान कार्यान्वयन गर्न दलहरु गंभीर हुनुपर्छ : महामन्त्री कोइराला

दमक, २७ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न दलहरु गम्भीर हुनुपर्ने बताएका  छन् ।

बुधबार  झापाको दमकमा बिपी चिन्तन प्रतिष्ठान झापाले गरेको प्रजातन्त्र सेनानीको सामूहिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन गरी देशलाई शान्ति र संमृद्धितर्फ अघि बढाउन संविधानले दिएको समयसीमाभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने बताए ।

उनले जनताको उपलब्धिका रुपमा प्राप्त अधिकारलाई संस्थागत गर्नसमेत निर्वाचन  एक मात्र संवैधानिक प्रक्रिया भएको धारणा राखे । त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्यहरु विश्वप्रकाश शर्मा, सरिता प्रसाई, सांसद महेन्द्रकुमारी सुब्बा, पार्टी सभापति उद्धव थापा, प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष गङ्गा पराजुलीलगायतले बिपीको मेलमिलापको महत्वका बारेमा बोलेका थिए ।

४१ औँ मेलमिलाप दिवसको सन्दर्भको अवसर पारेर आयोजित सो कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका ४१ जना योद्धाहरुलाई सामूहिकरुपमा सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा पूर्व सांसद डिल्ली सिटौला, चक्रप्रसाद बाँस्तोला, पूर्णानन्द शर्मालगायत छन् । रासस

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage