scheduleमगलवार माघ ११ गते, २०७३

संशोधन प्रस्तावमाथि छलफल हुन दिँदैनौ : सचिव गुरुङ

लुम्बिनी, २७ पुस । नेकपा (एमाले)का सचिव पृथ्वी सुब्बा गुरुङले संविधान संशोधन प्रस्ताव संसदमा छलफल गर्न दिए त्यो नजिर बन्ने भन्दै कुनै पनि हालतमा छलफल हुन नदिने बताएका छन् ।

संयुक्त सङ्र्घष समिति रुपन्देहीले बुधबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘संशोधन प्रस्ताव मुलुकको हितमा छैन यसलाई कुनै हालतमा पारित गर्न दिइँदैन ।’

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बदरे आलम, नेकपा माले स्थायी कमिटी सदस्य गोपाल मणि गौतम, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष चित्र बहादुर थापा, नेकपा माक्र्सवादीका जिल्ला अध्यक्ष रामप्रसाद भट्टराई, अखण्ड नेपाल पार्टीका दल बहादुर बिसी, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरि सुन्दर वासीले राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने विचार व्यक्त गरे । रासस

प्रतिकृया लेख्नुहोस्:
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Sajha Prakashan
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage