scheduleआइतवार बैशाख १० गते, २०७४

भारी हिमपातले युरोपेलीको जीवन कष्टकर

बुखारेस्ट (रोमानिया), २७ पुस । पूर्वी युरोपभरी ठूलो परिमाणमा हिमपात हुँदा त्यहाँका बासिन्दाको दैनिक जीवन कष्टकर हुँदै गइरहेको जनाइएको छ । मुठ्ठीजस्तो बाक्लो कम्बल ओछ्याए सरहको हिमपातले अनगिन्ती कष्टहरू उपरीमाथि थुपरी लागेर आइरहेका छन् ।

अति कठ्याङ्ग्रिनु पर्ने गरी बढेको ठण्डीका कारण बस, रेलजस्ता साधनहरू ठप्प भैदिनाले यात्रामा ज्यादै कठिनाइ र बिलम्ब, ठाउँ ठाउँमा बिद्युत आपूर्ति बन्द, शून्य डिग्रीभन्दा धेरै तलको तापक्रमले हजारौँ मानिसलाई तहस नहस र चिन्तित तुल्याएको छ ।

यस वर्षको कडा ठण्डी युरोप भर फैलिँदा कम्तीमा ६५ जनाको ज्यान लिइसकेको छ । आज मात्र कडा ठण्डी कै कारण पोल्यान्डमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै आज बिहानैदेखि रोमानियामा सुरु भएको हिमपात, खपिनसक्नुको जाडो र चीसो हावाका कारण १३० गन्तव्यतर्फ जाने सडक यातायात ठप्प भएका छन् भने रेलहरू राम्ररी चल्न नसक्दा सबैतिर ज्यादै बिलम्ब भएको छ ।

शीघ्र यातायात सेवा (कम्म्युटर), मध्यम तथा लामो दूरीका हजारौँ बस तथा मिनीबसहरू यातायात सञ्चालन गर्न नसकी सुरुङ्गमार्ग (सब–वे) मा आश्रय लिई रोकिरहन बाध्य छन् । सडकभरी तथा यत्रतत्र हिउँ जमेकाले हिमक्रिडा (स्की) का अनगिन्ती सौखिनहरू कतैकतै बडो रमाएर खेलिरहेका पनि देखिन्छन् ।

त्यस्तै, सर्बियामा पनि कठ्याङ्ग्रिने ठण्डीले छ जनाको ज्यान लिएको छ । त्यहाँका सरकारी अधिकारीहरूले भारी हिमपात भइरहेका क्षेत्रका बस्तीबाट १३० जनालाई उद्धार गरी अन्तै लगेका छन् ।

बाटोघाटोको हिउँमा फसेका यात्रुहरूको उद्धार गर्न बिशेष प्रकारका दर्जनौँ गाडी परिचालन गरिएको छ । हिमपातबाट नराम्ररी प्रभावित रोमानिया र सर्बियाका सबै स्थानका विद्यालय अनिश्चित कालका लागि बन्दसमेत गरिएका छन् । रासस/एपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Promote your Business with us
Vianet
NTC MPoS
Sagarmatha Finance
Parbhu Bank
Promote your Business with us

विश्व More

जीवन शैली More

साहित्य More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

प्रवास More

default-addImage
default-addImage