scheduleबिहिवार मंसिर २८ गते, २०७४

बन्दकर्ता पक्राउ

 

पोखरा, २८ फागुन । कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतमको हत्याको विरोधमा नेकपा (माओवादी) नेत्रविक्रम चन्द नेतृत्वले आह्वान गरेको बन्दका क्रममा आज बिहान प्रहरीले विभिन्न स्थानबाट १३ बन्दकर्तालाई पक्राउ गरेको छ ।

बन्द गराउँदै हिँडिरहेका अवस्थामा उनीहरूलाई पृथ्वीचोक र शिशुवबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । पोखरामा मोटरसाइकल सञ्चालनमा आएपनि सार्वजनिक यातायातका सवारीसाधन, यस क्षेत्रका उद्योग, कलकारखाना र पसल भने बन्द रहेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL