scheduleआइतवार भाद्र ४ गते, २०७४

कोरियाका लागि इपिएस भाषा परीक्षा आजदेखि

फाइल फोटो

काठमाडौं, २७ जेठ । रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइने भाषा परीक्षा आज देखि हुँदैछ । इपिएस अन्तर्गत दक्षिण कोरिया जानका लागि फारम भरेकाहरूले आज र भोली भाषा परीक्षा दिँदैछन् । यो वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रमा गरी १० हजार दुई सय युवालाई लैजाने छ । त्यसका लागि ७५ हजार पाँच सय ८० परीक्षार्थी भाषा परीक्षामा सहभागी हुने वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ ।
भाषा परीक्षाका लागि काठमाडौं र ललितपुरमा २६ वटा केन्द्र तोकिएको छ । इपिएस पद्धतीमा कोरियाले नेपालसहित १६ देशबाट कामदार लैजाने गरेको छ । यो वर्ष कृषि क्षेत्रमा ५४ हजार र बाँकीले उत्पादन क्षेत्रका लागि परीक्षा दिन लागेका छन् । भाषा परीक्षाको नतिजा आउँदो असार १६ गते आउने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC