scheduleबिहिवार मंसिर २८ गते, २०७४

स्काइपले जारी गर्‍यो नयाँ भर्जन, यस्ता छन् विशेषता

एजेन्सी । माइक्रोसफ्टले स्काइपका लागि नयाँ भर्जन सार्वजनिक गरेको छ । स्काइपको टीमले एन्ड्रोइडमा स्काइपका लागि नयाँ भर्जन ८.0 एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यो अपडेट सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध छ । यसपछि यो अपडेट आईओएस र म्याकसम्म पुग्नेछ ।

के छ यसको विशेषता ?
नयाँ अपडेटमा स्काइपमा ३ ट्याब देखिनेछ । यसमा च्याट्स, क्याप्चर र फाइंड ट्याब सामेल छन् । यसमा ग्रुप च्याटलाई रिडिजाइन गरेर पहिलेभन्दा धेरै एक्सप्रेसिभ बनाइएको छ । अब स्काइपको ब्याकग्राउण्डलाई आफूले चाहेको रङमा परिवर्तन गर्न सकिनेछ । स्काइपको पछिल्लो भर्जनमा तपाईले फेसबुकमा जस्तै रिएक्ट गर्न पनि सक्नुहुनेछ, जस्तो कि तपाई फेसबुक म्यासेन्जरमा च्याट एपमा गर्न गर्नुहुन्छ ।

यतिमात्र होइन, यस नयाँ अपडेटपछि तपाईले भिडियो कलको क्रममा पनि रिएक्ट गर्न सक्नुहुनेछ । यि सबै एपका लागि च्याट ट्याब प्रयोग गर्न सकिन्छ ।

कम्पनीले यसका साथै एक नयाँ ‘हाइलाइट’ ट्याब समेत जोडेको छ । हाइलाइट ट्याबको माध्यमबाट फोटो तथा भिडियोलाई ‘हाइलाइट रील’ बनाएर तपाईले आफूसँग जोडिएका मानिसहरुलाई सेयर गर्न सक्नुहुनेछ । तपाईको साथीहरुले उक्त हाइलाइटलाई हेरेर समेत रिएक्ट गर्न सक्छन् । र, अर्को एक ट्याब छ, जसको नाम हो क्याप्चर । यसको माध्यमबाट तपाईले तस्बिर र भिडियो बनाएर च्याटमा पोस्ट गर्न सक्नुहुनेछ ।

नयाँ स्काइपमा एक नयाँ फिचर ‘फाइंड’ समेत जोडिएको छ । जसको माध्यमबाट संसारका कुनै पनि कन्टेन्टलाई खोज्न सक्नुहुनेछ । यसमा कन्सर्ट टिकट र GIFs जस्ता अन्य चिजहरु खोजेर च्याटमा प्रस्तुत गर्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL