scheduleशनिवार आषाढ़ १० गते, २०७४

निर्वाचनमा नयाँ शक्ति कहाँ जितेको छैन ?

राजेश विद्रोही

नयाँ शक्ति पार्टीको आँखा चुनाव चिन्ह षडयन्त्रपूर्वक खोसिएपछि पहिलो चरणको स्थानीय तहको निर्वाचनमा छोटो समयमा संघीय समाजवादी फोरम नेपालको मसाल चुनाव चिह्नसँगको चुनावी तालमेल गर्‍यो । विभिन्न प्रतिकूलताका बावजुद पनि पार्टी स्थापनाको केवल एक वर्ष आसपास देशव्यापीरुपमा प्राप्त मत परिणाम उपलब्धिमुलक नै हो । जसले जे भने पनि जनस्तरबाट नयाँ शक्ति पार्टीले ४९ स्थानीय तहमा विजय हासिल गरेको छ ।

हाम्रोमा राजनीतिको इपिसेन्टर जहिले पनि शहरलाई मान्ने गरिन्छ र ८० प्रतिशत गाउँलाई उपहास गरिन्छ । यहाँ शहरकेन्द्रित सुकिलामुकिलाहरूको विजयलाई बढी ठाउँ दिने काम भएको छ । यो धेरै ठूलो राजनीतिक विचलन हो । पहिलो चरणको निर्वाचनमा जनता र जनताको विचारअनुसारको परिणाम आएको छ । परिणाम अनुसारको मूल्यांकन भएको छैन । कुन ठाउँको जनताको आवश्यक्ता के हो, त्यही आकार प्रकारमा जनताले मतदान गरेका छन् । प्रचारप्रसार र बुझाईमा अन्तरका कारण अवसरवादी राजनीतिक दलहरूले बढी फाईदा उठाएका छन् । यसमा जनताको दोष छैन ।

राजेश विद्रोही
छोटो समयको तयारीमा वैकल्पिक राजनीतिक शक्तिको उत्साहजनक सहभागिता र विजयले पुराना राजनीतिक शक्तिलाई ठूलो झड्का लागेको छ । हार र जीतको विषय आफ्नो ठाउँमा छन् । मूल्यांकनको पक्षहरू पनि आफ्नै ठाउँमा छन् । हार जीतले नै सबै कुराको निर्धारण गर्न सक्दैन् । मुलुकमा २००७ सालदेखि हार र जीतको राजनीति हुँदै आएको छ । तर, त्यो हार र जीतबाट जनताले के पाएका छन् ? इतिहासमा जित्नेहरूले भन्दा हार्नेहरूले नै केहि गरेका छन् ।

भोटको राजनीतिले जनता भोट बैंकबाहेक अरू केहि सावित हुन सकेका छैनन् । त्यसैले जनता केहि दसकदेखि दयामायाले आफ्नो मतदान दिदै आएका छन् । परिणामत कुनै पनि राजनीतिक दलले दुई तिहाई बहुमत जनताबाट पाउन सकेको छैनन् । आज २५ वर्षमा २४ वटा सरकार परिवर्तन भएको छ । गणतन्त्र स्थापनापछिको १० वर्षमा १० वटै प्रधानमन्त्री मुलुकले जन्माएको छ । त्यस्तो मौसमी सरकारले देश र जनताको लागि के गरे र गर्न सक्छन् ?

विचार भनेको विचार हो । विचारलाई बेची खायो भन्ने त्यो दोष विचारलाई होइन् व्यक्तिमाथि जान्छ । पहिलो चरणको निर्वाचन परिणामले गाउँ र शहरबीचको विभेदलाई पर्दाफास गरेको छ । जसको मूल्यांकन छैन । आधारभूत जनता अझै पनि परिवर्तनको पक्षमा रहेको भावना व्यक्त भएको छ । सुकिलामुकिलाहरूको राजनीतिक दलले शहरमै विजय हात पारेका छन् । कारण शहरमा उनीहरूलो बाक्लो पकड र प्रभाव छ । त्यसलाई निरन्तरता दिन केहि सामन्ति र पुरातन राजनीतिक संस्कार बोकेका दलहरू आफ्नो डिजाईनमा मुलुकलाई अगाडि बढाउन खोजिरहेका छन् । रूपमा लोकतन्त्र र जनताको अधिकार देखाईए पनि सारमा उनीहरूले नै त्यसको नेतृत्व गरिराख्न चाहन्छन् । यसमा जनताको इच्छाभन्दा शासकहरूको ठूलो भूमिका छ । गाउँलाई शहरमा विलय गराउन र जनतालाई सुकिला मुकिलाहरूको पाउमा पार्न नगरपालिका र गाउँपालिका विस्तार गरिएको छ ।

गाउँघरका जनता पहिलाभन्दा निकै व्यस्त र सोहि अनुसारको मुनाफा पाइरहेका छन् । तर, त्यो मुनाफा जनताको हातमा टिक्न दिएको छैन । जनतामा रहेको रेमिट्यान्सलाई राज्यका शासकहरूले क्षतविच्छेद पारेका छन् । राज्यको नाममा व्यापक कर असुल्ने, महंगी, कालोबजारी, घुसखोरी, भ्रष्टाचारी, दलाली लगायतको दिन्दनिय कार्य यसका प्रत्यक्ष उदाहरण हुन् । त्यसलाई जनतामा टिकाउने व्यवस्था भित्र्यायो भने आधारभूत जनता पनि सुकिलामुकिलाको जीवनतिर उन्मुख हुने छन् । र , जनताको महत्वाकांछा सता र शासनतिर आकर्षण हुने छ । त्यसैले छोटे राजाहरूले त्यसलाई रोक्न लोकतन्त्रको नाममा सोहि अनुसारको लोकतान्त्रिक रणनीति लिएका छन् ।

अहिले स्थानीय तहको निर्वाचमा यो विषयहरु जनतामा व्यापक चर्चा छ । घुमाईफिराई जनताको अधिकार खोस्न र सामन्त, जमिन्दार र दलालहरूलाई राज्यका वरिपरि केन्द्रीकरण गर्ने अभियान यस्थास्थितिवादी राजनीतिक दलहरूले गरिरहेका छन् । राज्यको मुख्य बागडोर नियन्त्रणमा राख्न राजनीतिक दलालहरूलाई गाउँघरमा राजनीतिक शरण दिईरहेका छन् । खरिदबिक्रीले हुँदाहुँदै टिकेट पनि उनीहरूकै हातमा जाने देखिन्छ । जसले हिजोसम्म जनतामा कुनै पनि परिवर्तनलाई स्थापित गर्न सकेनन्, चुनावमा आधारभूत जनताका राजनीतिक प्रतिनिधिहरू कहिले पनि जनताको नेतृत्व गर्न सक्दैन् । यसका लागि फुर्सद र पैसा चाहिन्छ भन्ने प्रभाव दलहरूले छरेका छन् । यो दुईटा कुरा जनताले कहिले पनि प्राप्त गर्न सक्दैन् । किनभने मुठीभरका शासकहरू राज्य संयन्त्र त्यस किसिमको निर्माण गरिसकेका छन् । एउटा भनाई छ, ‘राधालाई न त नौ मन घ्यू हुन्छ न त राधा नाँच्न सक्छिन्’ ।

तसर्थ, मुलुकमा सुकिलामुकिलाहरुको व्याख्या विश्लेषण र चर्चा बढी हुने चलन बढ्दै गएको छ । त्यसमा पनि राजनीतिक दल, मिडिया र सामाजिक सञ्जाल त्यसको प्रखर प्रतिनिधित्व गरिरहेका छन् । जनताका आधारभूत जीवन र सामाजिक परिवर्तनसँग जोडिएका सिरियस विषय कसैको प्राथमिकतामा छैन । त्यसैले राज्यका शासकहरू जबसम्म सुध्रदैनन् तबसम्म लोकतान्त्रिक राज्य अधिकारको समूचित प्रयोग हुन सक्दैन् । र, नयाँ शक्ति जस्तो जनताका वैकल्पिक राजनीतिक धारको मूल्यांकन हुन सक्दैन् । यसका लागि मेहनत र इमान्दारिताको ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage