scheduleआइतवार कार्तिक ५ गते, २०७४

चिहानका वर्षौं पुराना शवलाई पुनः ताजा बनाउने रिहाईड्रेशन प्रविधि

एजेन्सी, २९ जेठ । सियुड्याड ज्यारेज म्याक्सिकोको अमेरिकासँग सिमाना जोडिएको ठूलो शहर हो । जहाँ १९९० को दशकदेखि ६ हजारभन्दा धेरै शवहरु सामूहिक चिहानमा फेला परेका छन् ।

लागूऔषध र मानव तस्करीका लागि प्रमुख रुट मानिने उक्त शहर २००८ देखि २०११ सम्मको समयमा मर्डर क्यापिटल अफ द वर्ल्डको उपनामले कुख्यात थियो ।

त्यस क्षेत्रमा धेरै मानिसहरुको हत्या भयो र कालान्तरमा शव र अवशेषहरु पनि फेला परे तर शब पहिचान हुन नसक्दा परिवारले उनीहरुको विधिवत् ढङ्गबाट अन्तिम संस्कार गर्न पाएनन् ।

तर अहिले भने ती श्रृंखलावद्ध हत्याका मृतकहरुको लास पहिचान गर्न सम्भव भएको छ । फोरेन्सिक परिक्षण ल्याबमा कार्यरत एकजना म्याक्सिकन चिकित्सक अलिजान्ड्रो हर्नान्डेज कार्डेनासले लाशको अवशेषहरुलाई पुनर्ताजकी गरेर पहिचान गर्ने सकिने विशेष प्रविधिको विकास गरेपछि यो काम सम्भव भएको हो ।

उक्त प्रविधि एकदमै नयाँ खोजमा आधारित छ जसको कारण म्याक्सिकन इन्टिच्युट फर इन्डस्ट्रियल प्रोपर्टीले उनलाई उक्त गोप्य सुत्रको सर्वाधिकार प्रदान गरेको छ ।

उनको नयाँ सुत्रअनुसार फोरेन्सिक विज्ञहरुले लासको औंलाहरुमा ग्लिसिरिनसहितको सिरिन्ज दिएर वर्षौ पुराना लासहरुको औंठाछाप लिने गर्दछ । तर, त्यस प्रविधि औलाको निम्ति मात्र सहयोगी रहने बताइएको छ ।

त्यसो त शव पहिचानको लागि डिएनए परीक्षण पनि अत्याधिक विकशित र प्रभावकारी प्रविधि हो तर त्यसमा प्रमाणिकरणको निम्ति तुलना गर्न आफ्नै परिवारको डिएनए नमुना आवश्यक पर्छ र त्यो जुनसुकै अवस्थामा सधैं उपलब्ध हुन सक्दैन ।

उक्त वैज्ञानिक प्रक्रियालाई हर्नान्डेजले रिहाईड्रेशन प्रविधि भनेका छन् । उनका अनुसार यो प्रविधिबाट शव आफ्नो पहिलेको आवरणमा देखा पर्ने र परिवारले त्यसलाई पहिचान गर्न सक्ने बताएका छन् ।

एकपटक चिकित्सक हर्नान्डेजले सेन्ट्रल म्याक्सिकोको क्वरीट्यारो प्रान्तमा एक शवलाई रिहाईड्रट गर्ने क्रममा लासको छालामा केही दाग र चोटहरु पनि फेला परेको थियो । उक्त दाग फेला परेपछि त्यहाँ गिरफ्तारीसम्मको घटना भएको थियो ।

उक्त प्रविधिबाट छाला रहेका ट्याटु लगायतका अन्य अस्वभाविक दाग, चिन्हहरु पनि फेला पर्ने गरेको छ । यसले अपराध अनुसन्धानको कार्यमा ठूलो योगदान दिने विज्ञहरुको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC