scheduleसोमवार कार्तिक ६ गते, २०७४

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, २ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १.५० घटाइएको बताउनुभयो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य रु १०१.५० रहेको थियो ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि रु १.५० पैसाले घटेर रु ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७७.५० छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC