scheduleसोमवार कार्तिक ६ गते, २०७४

विराटनगरले रोज्दै गरेको एउटी हँसिली ‘थरूनी’

विनोद ढकाल/काठमाडौं, ३ असार । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयन आइतबार हुँदै गर्दा देशकै ‘क्रिम’ प्रदेश नम्बर १ को मुटु विराटनगरमा एउटी हँसीली ‘थरूनी’को सम्भावनामाथि चर्चा सुरू भएको छ ।

फोरम लोकतान्त्रिकको विराटनगरमा जति सुन्दर मतदाता छन् । उसले त्यति नै सुन्दर एकजना महिलालाई उपमेयरका लागि तयार गरेको छ । मेयरका लागि नै तयार पार्नसक्ने फोरम लोकतान्त्रिकले एमालेसँगको तालमेलका कारण उपपमेयरमा तयार पारेको हो, सुची चौधरीलाई । सुची एउटी हँसीली थरूनी (थारू समुदायकी महिला) हुन् । मेयरमा एमालेका विनोद ढकाललाई स्वीकार गरी फोरमको तालमेल तयार भएको हो ।

एमाले र फोरम लोकतान्त्रिकबीच विराटनगरमा भएको तालमेलले ढकालको राजनीतिक पहिचान स्थापित गर्ने चुनौति एकातिर भएपनि भर्खरै महानगरमा स्तरोन्नती भएको विराटनगरले उपमेयरमा एउटी सुन्दर थरूनी पाउन सक्ने सम्भावना बलियो बनायो । सुची चौधरी विराटनगरमा एमाले–फोरम लोकतान्त्रिक गठबन्धनकी उपमेयरकी उम्मेदवार निश्चित भयो ।

विराटनगर महानगरपालिकाभित्र पर्ने निर्वाचन क्षेत्र नम्बर ६ र ७ मा अघिल्लो संविधानसभामा फोरम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग थोरै मतले पराजित भएको निकटतम प्रतिद्वन्द्वी हो । यस आधारमा लोकतान्त्रिक फोरम नेपाली कांग्रेसलाई धक्का दिनसक्ने पार्टी हो, जसलाई एमालेले क्यास गर्नसक्छ ।

यो अवस्थालाई हेर्दा फोरम लोकतान्त्रिक र एमालेको समीकरणले उनीहरुको विजयको यात्रा सहज हुने अनुमान टाढा छैन ।

कांग्रेसभित्रको अन्तरघातका ०५६ सालमा एमाले विजयी भएको थियो । तर, ०५४ यता एमालेको अवस्था बिराटनगरमा खस्कँदै गएको छ । यही खस्किएकै कारणले उसले तालमेलको हात बढाउनुपरेको हो ।

मोरङमा विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकको प्रभाव बलियो छ । पूर्वको मुटु विराटनगरमा एमालेका मेयर उम्मेदवार विनोद ढकाल भन्दा पनि तालमेलमा उपमेयर बन्न लागेकी सुची चौधरी ‘क्रिम’ उम्मेदवार हुन् । चुनावी तालमेलमा फोरम लोकतान्त्रिकले संविधानसभाका बेला एमालेले सुनसरी–३ मा विजयकुमार गच्छादारलाई लगाएको गुण तिर्नका लागि पनि सुचीलाई उपमेयरमा राखी ढकाललाई मेयरमा जिताउने लक्ष्य लिइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC