scheduleशनिवार आषाढ़ १० गते, २०७४

यस्तो छ बिल गेट्सको लाइफस्टाइल

एजेन्सी । विलियम हेनरी ‘बिल’ गेट्स तृतिय,एक अमेरिकी बिजनेश म्यानको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो । उनी एक बिजनेश म्यागनेट, इन्भेष्टर, लेखक र समाजसेवी हुन् ।

हावर्डमा पढ्दा उनले अलटायर मिनी कम्प्युटरबारे एउटा आर्टिकल पढेका थिए । उक्त आर्टिकल पढेपछि उनले पढाइ छोडेका थिए । त्यसपछि २० वर्षको उमेरमा सन् १९७५ मा उनी र पाउल एलेन मिलेर माइक्रोसफ्टको स्थापना गरे जुन विश्वभरकै पिसी सफ्टवेयर कम्पनी बन्न सफल रह्यो । सन् १९८७ मा नै उनी फोब्र्स म्यागजिनले जारी गर्ने विश्वकै धनी व्यक्तिहरुको सुचीमा परेका थिए ।

सन् १९९५ देखि २००७ सम्म उनी विश्वकै धनी व्यक्तिको पहिलो स्थानमा रहन सफल रहे । सन् २००९ मा उनी पुन धनी व्यक्तिको पहिलो सुचीमा परे । सन् २००९ देखि २०१४ सम्ममा उनको सम्पत्ति दुई गुणा भन्दा बढी भइसकेको थियो । ४० बिलियन अमेरिकी डलरबाट बढेर उनको सम्पत्ति ८२ मिलियन डलर भएको थियो । सन् २०१७ को सुची हेर्ने हो भने पनि उनी विश्वकै धनी व्यक्तिको सुचीको पहिलो स्थानमा रहेका छन् । उनको सम्पत्ति ८५.६ बिलियन अमेरिकी डलर रहेको छ ।

आम्दानी

जब उनी ३१ वर्षको थिए उनको नेटवर्थ १ बिलियन अमेरिकी डलर रहेको थियो ।

माइक्रोसफ्ट रेभेन्यु–८५.३ बिलियन अमेरिकी डलर

घर र अन्य सम्पत्तिहरु

जनडु २.०, वासिङटन–१५४.२ मिलियन अमेरिकी डलर

रान्छो पासियाना, सान डियगो–१८ मिलियन डलर

विलिङटन फ्लोरिडा–१३.५ मिलियन डलर

आयरल्याण्ड

ग्राण्ड बोग काय, बेलिज–२५ मिलियन डलर

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage