scheduleआइतवार कार्तिक ५ गते, २०७४

के तपाईको घनिष्ट मित्र भरोसा लायक छ ?

म र मेरी पहिलेकी सबैभन्दा मिल्ने साथी एउटै कम्पनीमा काम गर्दथ्यौँ । गत सेप्टेम्बरमा उनले काम छाडिन् तर म नयाँ पदमा नियुक्त भएँ । माथिल्लो पदमा आएपछि मैले उनलाई मेरो टिममा आउने प्रस्ताव गरें । पहिलो दिनदेखि नै उसले आफ्नो काममा ध्यान दिएकी थिइन । धेरै जस्तो समय मोबाइलमै व्यस्त हुने र ढिला आउने अनि सबैसँग नराम्रो व्यवहार गर्ने उसको बानी थियो । अझ केहि समयपछि त उसले मप्रति पनि खराब व्यवहार देखाउन थाली र एकदिन त मेरो सरले मलाई दिनुभएको गिफ्ट चोरेर अरूलाई दिएको समेत मैले थाहा पाएँ । हद पार भएकाले मैले सहन सकिन र उसलाई सम्झाउन अनेक प्रयास गरें तर उसले अहिले जागिर छोड्ने र हामी दुईबीचको निजी म्यासेजहरू सार्वजानिक गराइदिने धम्की दिइरहेकी छ ।

सामान्य काम गर्नेहरू जस्तै ती म्यासेजहरूमा हामीले सँगै काम गर्ने साथीहरू र सरहरूका बारेमा विभिन्न टिकाटिप्पणी गरेका छौं । साथी–साथीबीच यो कुनै नौलो कुरा होइन तर यस्तो कुराकानी सबैसामु सार्वजानिक भयो भने मेरो करिअर खत्तम हुने पक्का छ । यस्तो कुरा सबैमाझ सार्वजानिक हुनु कुनै पनि हालतमा उचित होइन । त्यसकारण म अहिले तनावमा छु । मलाई हाम्रो मित्रताले यस्तो रूप लिन्छ भन्ने कहिल्यै लागेको थिएन ।

मराइला फोर्सटप

यस्ता घटनाहरू धेरै सुनिन्छन् तर आफूलाई यस्तो होला भनेर कसैले पनि कल्पना गर्न सक्दैन । आफ्ना वरिपरि के–कस्ता मानिसहरू छन् र उनीहरूले के सोचिरहेका छन् यो पत्तो पाउनु असम्भव छ । त्यसै कारण यस्ता समस्याबाट बच्नका लागि हामीसँग एउटै मात्र उपाय छ । आफ्ना कुनै पनि निजी सामग्रीहरूलाई इन्टरनेटमा हाल्नुभन्दा अगाडि दस पटकसम्म सोच्नुपर्छ । त्यस्ता कुनैपनि संवेदनशील कुराहरू इन्टरनेटमा कसैलाई पनि सार्वजानिक गर्नुअघि उसबारे सबै जानकारी राखेको राम्रो । दुई–चार पटक म्यासेजमा बोलेका मानिससँग आफ्ना निजी जिन्दगीको जस्तोसुकै कुरा शेयर गर्नु भनेको आफ्नै कुभलो गर्नु हो । जस्तोसुकै परिस्थितमा भएपनि एकपटक सोच्नैपर्छ कि ऊ भरोसा गर्न लायक मानिस हो वा होइन ।

मेरी एकमात्र साथीले त्यसरी मेरो मित्रताको फाइदा उठाउनेछ भन्ने मैले कहिल्यै सोचेकी थिइन । तर अहिले मलाई लागिरहेको छ की जति ऊ मेरो अफिसको वरिपरि आउँछे र मेरो अगाडि देखापर्छे त्यति नै मेरो मनमा आगो लाग्छ र मेरो यस्तो अवस्थाले उसलाई अझै हौसाला दिइरहेको छ । त्यसैकारण अब मैले यो समस्याको हल निकाल्ने अर्कै उपाय सोचेकी छु । अब म उसको कुराले डराउने होइन हाँस्ने गर्छु । उसको अगाडि असहज महसुस गरेर डरैडरमा बाँच्नुभन्दा म उसलाई जागिर छोडेर अन्तै जान र बालकजस्तो व्यवहार नगरेर परिपक्क भएर सोच्न आग्रह गर्छु । उसका अगाडि कन्फिडेन्ट भएर उभिन्छु र नडराइकनै उसको सामना गर्नेछु । त्यसपछि मविरूद्धको उसको आत्मबल कमजोर बनाउने काममा लाग्छु ।
(द गार्जियन)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC