scheduleशनिवार आषाढ़ १० गते, २०७४

देवकोटाको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ शोधपुस्तक सार्वजनिक

काठमाडौं, ४ असार । समसामयिक विषयमा अनलाइन र अखबार कलमचलाउँदै आएका श्रीप्रसाद देवकोटाको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ नामक शोधपुस्तक शनिबार सार्वजनिक भएको छ ।

एड्रोइट पब्लिसर, नयाँ दिल्लीद्वारा यो पुस्तकको प्रकाशन गरिएको हो । नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद सदस्य समेत रहेका देवकोटाद्वारा लिखित उक्त शोधमा दश वर्षे जनयुद्ध र जनयुद्धले स्कुले बालबालिकाको शैक्षिक जीवनमा पारेको असरका बारेमा स्थलगत अनुसन्धान गरी त्यसको समधानका लागि आवश्यक सुझाव समेत दिने काम गरिएको छ ।

लेखकले यस पुस्तकमा विशेषतः द्वन्द्व र बालबालिकासम्बन्धी जे जति सन्धिहरु भएतापनि दशवर्षे जनयुद्धमा राज्य र विद्रोही शक्ति तत्कालीन नेकपा (माओवादी)बाट मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरुको चरम उलंघन गरेको पाइएको बताउँदै त्यसका करण हजारौँ बालबालिकाको शिक्षकमा गम्भीर असर परेको उल्लेख गरेका छन् । यस शोध पुस्तकमा देवकोटाले सन् १९९६ देखि २००६ सम्म १८ वर्ष नपुगेका स्कुले बालबालिकाहरुको जनयुद्धले उक्त समयमा पारेको शैक्षिक असर र शान्ति प्रक्रिया पश्चात् उनीहरुको जीवनशैलीका बारेमा अनुसन्धान गरेका छन् ।

लेखक : श्री प्रसाद देवकोटा

पुस्तकमा गरिबी, राजनैतिक उत्प्रेरणा, अभिभावकको पेशा तथा राज्य र विद्रोही शक्तिको यातना नै स्कुले बालबालिकाको शैक्षिक जीवनको मुख्य अवरोधका कारण भएको उल्लेख गरिएको छ । विविध कारणले केही बालबालिकाहरु प्रत्यक्षरुपमा लडाकुको रुपमा जनयुद्धमा सहभागी भएको त कोही जनयुद्धमा अभिभावकको मृत्युकै कारण शिक्षाबाट वञ्चित रहेको बताउँदै शान्ति प्रक्रियापश्चात् राज्य र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुमार्फत सामाजिक पुर्नस्थापनाका लागि केही कार्यक्रमहरु संचालन गरिएको भए पनि ती प्रयाप्त नभएको र ती प्रयासले पीडित बलबालिकाहरुलाई सामाजिक समायोजनमा कुनै राहत प्रदान नगरेको लेखकको निष्कर्ष छ । लेखकका अनुसार, जनयुद्धकालीन समयमा शैक्षिक अवसरबाट वन्चित बालबालिकाहरु शान्ति प्रक्रियापश्चात् थप समाजिक विभेद, गरिबी र घृणाका पात्रहरु बनेका छन् । सामाजिक समायोजनका क्रममा उनीहरु कतै अयोग्य लडाकु त कतै सामाजिक अपराधीको रुपमा बहिष्कृत छन् ।

लेखकले पीडित बालबालिकाको आवश्यकता भन्दा पनि द्वन्द्वरत देशहरुले सामाजिकीकरणमा प्रयोग गरिएको अन्तर्राष्ट्रिय अनुभवलाई जबरजस्त प्रयोग गर्न खोजेका कारण सही रुपमा समायोजन हुन नसकेको उल्लेख गरेका छन् । त्यसकारण राज्यले पीडितहरुको खास समस्याको पहिचान गरी उनीहरुकै आवश्यकता अनुरुपका पुनःस्थापनाका कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने देवकोटाको मत रहेको छ । द्वन्द्वका कारण शिक्षाको अवसरबाट वन्चित बालबालिकाहरुलाई पुनः औपचारिक शिक्षामा जोड दिनुभन्दा प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्ने सुझाव देवकोटाले पेश गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage