scheduleबिहिवार मंसिर २८ गते, २०७४

राजविराजमा महिला मृत फेला

राजविराज, ४ असार । राजविराज–भारदह सडक खण्डअन्र्तगत सप्तरीको तिलाठीस कैलाडी–७ स्थित बाँझो खेतमा आज (आइतबार) एक महिला मृत फेला परेकी छन् ।

नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया ती महिला मृत फेला परेकी इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ । केही दिनयता ती महिला सो क्षेत्रमा मागी खाई हिंड्ने गरेको स्थानीयले बताएका छन् ।

मृतक महिलाको शवलाई स्वास्थ्य परिक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL