scheduleशनिवार आषाढ़ १० गते, २०७४

यी सेलिब्रिटीहरुले परिवारको स्वीकृत बेगर विहे गरेका थिए

एजेन्सी, ५ असार । एउटा यस्तो समय पनि थियो जहाँ मानिसहरु घरपरिवारको स्वीकृती लिएर विवाह गर्थे । तर, आज भने आफ्नो पार्टनर खोज्ने काम आफै गर्छन् । केही मानिसहरु परिवारको विरुद्धमा गएर विवाह समेत गरेको खबर धेरै नै सुन्न पाइन्छ । बलिउडमा पनि केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जसले आफ्नो विवाहको समयमा धेरै नै समस्या देखे । परिवार नमानेपछि उनीहरुको निर्णयविरुद्ध गएर विवाह गरेका केही बलिउड सेलिब्रिटीहरु यस्ता रहेका छन् ।

धर्मेन्द्र र हेमा मालिनी

धर्मेन्द्र पहिलादेखि नै विवाहित थिए । तर, पनि उनले हेमासँग विवाह गरे । हेमाका पिता यस विवाहसँग कत्ति पनि खुसी थिएनन् । आफ्नी छोरीको विवाह विवाहित पुरुषसँग हुन नदिन उनले धेरै नै प्रयास गरे तर हेमाले अन्तत धर्मेन्द्रसँग नै विवाह गरिन् ।

नवजोत सिंह सिद्धु र नवजोत कौर

सिद्धुलाई कौरलाई विवाहका लागि फकाउन निकै पापड बेल्नु परेको थियो । लामो समय कौरको पछाडि लागेपछि उनी विवाहका लागि मानेकी थिइन् । तर, परिवार नमाने पनि उनीहरुले विवाह गरेका थिए ।

सौरव गांगुली र डोना गांगुली

सौरव र डोना छिमेकी रहेका थिए । उनीहरुको विवाह गर्न परिवारहरु सहमत थिएनन् । उनीहरुले आफ्नो परिवारको सहमत विरुद्ध गएर विवाह गरेका थिए ।

शाहनवाज हुसैन र रेनु

भारतीय जनता पार्टीका नेता शाहनवाज हुसैन दिल्ली कि युवती रेनुसँग लव म्यारिज गरेका थिए । विवाहका लागि उनीहरुका परिवार सहमत थिएनन् । करिब ९ वर्ष कुरेपछि उनीहरुले विवाह गरेका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage