scheduleशनिवार आषाढ़ १० गते, २०७४

आइफोन ८ का ६ रोचक विशेषता

एप्पल कम्पनीको दशौँ वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गर्न लागिएको आइफोन ८ का बारेमा अनेक अनुमान लगाइएको छ तर आइफोन ८ मा राखिन लागिएका वास्तविक फिचर्सहरु भने हालै सार्वजनिक भएको छ । यिनै विशेषताहरुका बारेमा आज तपाईलाई जानकारी दिँदैछौँ ।

१. भर्चुअल रियालिटी
आउँदो एप्पल ८ मा भर्चुअल रियालिटी एप पहिल्यै इन्स्टल गरिने हुनाले यसले अहिले सम्मको आइफोनहरु भन्दा फरक अनुभव गराउने पक्का छ । हालैमा भएको कन्फरेन्समा अपरेटिङ सिस्टम ११ भएको यो आइफोन आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्न लागिएको बताइएको छ ।

२. डुअल रियर क्यामेरा
एप्पलले यसअघि लन्च गरेको आइफोन ७ मा नै हामीले डुअल क्यामेराको झलक पाइसकेका थियौँ । त्यसैले अब आउँदो एप्पल ८ मा पनि डुअल क्यामेरा हुने पक्कापक्की छ ।

 

३. एप्पललाई सर्पोट गर्ने होमपड
अम्याजोनले हालै लन्च गरेको एप्पल होमपड पिलको आकार भएको स्पिकर हो । यसले आइफोन ८ लाई पनि सर्पोट गर्नेछ ।

४. वायरलेस चार्जिङ
आइफोन ८ मा वायरलेस चार्जिङको सुविधा हुने पक्का छ । ताइवान आधारित प्रमुख कार्यकारी अधिकृत रोबर्ट ह्वाङले बताए अनुसार आइफोनको नयाँ मोडलमा वायरलेस चार्जिङ र वाटरप्रुफ फिचरहरु परिक्षणको क्रममा छन् ।

५. पानीबाट जोगाउने ग्लास कभर
वायरलेस चार्जिङ फिचरका साथै वाटर रेसिस्टेन्ट ग्लास पनि आइफोन ८ मा देख्न पाइनेछ । मोबाइलको कनेक्सनलाई पानीमा समेत बचाइराख्न आइफोन ८ को पछाडि ग्लास कभर राखिन लागेको हो ।

६. सिरीको प्रयोग
आइफोन ८ मा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सिरीको प्रयोग गरिनेछ । यस अन्तर्गत हामीले कुनैपनि भाषा अनुवाद गर्न सक्नेछौं । सन् २०१७ मा भएको कन्फरेन्समा उक्त जानकारी दिइएको थियो । यसका साथै यसमा अन्य कमान्डहरु पनि बुझ्ने क्षमता भएको हुँदा प्रयोगकर्ताका लागि धेरै सहज हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage