scheduleआइतवार भाद्र ४ गते, २०७४

इन्टरनेट सेवा बन्द भएसँगै गोर्खाल्याण्डमा हिंसात्मक घटनामा कमी

दार्जिलिङ । सोमबार बिहानदेखि दार्जिलिङमा कुनै हिंसाका घटना नभएपनि अवस्था अझै तनावग्रस्त रहेको भारतीय सैन्य अधिकारीहरुले बताएका छन् । हिंसाका घटनाहरुलाई प्रचार हुन नदिन हाल उक्त क्षेत्रमा इन्टरनेटका माध्यहरुलाई बन्द गराइनुको साथै प्रहरीद्वारा उच्च सतर्कता अपनाइएको छ ।

अगल राज्य गोर्खाल्याण्डको माग गर्दै गोर्खा जनमूक्ति मोर्चाले आह्वान गरको बन्दको पाँचौ दिन पनि सुरक्षा बलहरु सडक निरीक्षण गरिरहेका छन् । हिजो बिहानदेखि उक्त क्षेत्रमा इन्टरनेट सेवालाई बन्द गराइएको हो । प्रहरी स्रोतले मोर्चाका कार्यकर्ताहरुलाई भड्काउ र उत्तेजक सुचना र पोस्टहरु फैलाउन नदिनको निम्ति उक्त कदम उठाइएको बताएको छ ।

आइतबार कालेङपोङमा आन्दोलनरत मोर्चाद्वारा एउटा सार्वजनिक पुस्तकालय, दुईवटा पञ्चायत कार्यलयहरु र एउटा प्रहरीको गाडीमाथि आगजनी गरिएको थियो ।

दार्जिलिङ जिल्लाभित्र पर्ने कालेङपोङलाई यसै वर्षको फेब्रवरी १४ तारिकमा मात्र छुट्टै जिल्ला बनाइएको थियो ।

जुन १७ मा प्रहरीको गोलीद्वारा मारिएका भनिएका आफ्ना दुई समर्थकको लास बोकेर आइतबार मोर्चाका कार्यकर्ताहरुले विरोध र्‍याली प्रदर्शन गरेका थिए । गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको कार्यालय र उक्त पहाडी इलाकाका विभिन्न इन्ट्री र एक्जिट प्वाइन्टहरुमा प्रहरीले बार लगाएका थिए । दार्जलिङका सबै पसल र होटलहरु पनि बन्द गरिएका छन् ।

गृहमन्त्री राजनाथ सिंहले पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीसँग आन्दोलनरत मोर्चालाई हिंसाको कार्यक्रमलाई रोकेर वार्तामा आउन गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC