scheduleआइतवार भाद्र ४ गते, २०७४

एमाले नेता पोखरेलको प्रश्न- अपराधीलाई पैसा बाँड्ने काँग्रेस, माओवादीलाई किन भोट हाल्ने ?

काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले काँग्रेस, माओवादीले अपराधी पैसा बाडेको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘आफ्ना प्रहरीलाई तेजोबोध गर्नेगरि अपराधीलाई एक करोड ५० लाख पैसा बाँड्ने, अपराधीलाई रक्षा गर्ने काँग्रेस र माओवादी केन्द्रलाई जनताले किन भोट हाल्ने ?

नेता पोखरेलले एमालेलाई जनताले मुलुको पहिलो पार्टी भएको हेर्न चाहाना भएको भन्दै आगामी दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दावी गरे ।

पोखरेलले प्रदेश नम्बर २ मा निर्वाचन सारेर सरकारले गम्भिर गल्ती गरेको समेत टिप्पणी समेत गरे । उनले भने, ‘दुई नम्बर प्रदेशमा निर्वाचन सारेर सरकारले गम्भिर भुल गरेको छ, यो मधेसी जनतामाथिको अन्याय हो ।’ उनले राजपालाई चुनावमा भाग लिन नदिन सरकारले नाटक गरेको जिकिर गरे ।

उनले कसैको स्वार्थ पुरा गर्नको लागि नेपाली काँग्रेसले कायरता प्रर्दशन गरेको समेत आरोप लगाए । उनले भने, ‘चुनावको मिति किन सारियो भन्दा आफू हार्ने डरले काँग्रेसले सारेको हो ।’

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC