scheduleशनिवार आषाढ़ १० गते, २०७४

रुकुममा माओवादी केन्द्रका पाँच उम्मेदवार निर्विरोध

काठमाडौं, ५ असार । आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रुकुममा माओवादी केन्द्रका पाँच जना वडा सदस्यहरु निर्विरोध चयन भएका छन् ।

सोमबार गाउँपालिकाको वडा नम्बर ७ मा वडा अध्यक्षबाहेक ४ जना सदस्यहरु र वडा नं. ६ का दलित महिला सदस्य निर्विरोध चयन भएका हुन् । वडा नं. ७ मा निर्विरोध निर्वाचित हुने सदस्यहरुमा मनकुमारी बुढा, रामकुमारी सुनार, धनिमान बुढा र रुपधन कामी रहेका छन् । भने वडा नं. ६ की दलित महिला सदस्य मीना सुनार पनि निर्विरोध निर्वाचित भएकी छन् ।

९ वटा वडा रहेको भुमे गाउँपालिकामा गाउँपालिका अध्यक्षमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा काँग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage