scheduleआइतवार भाद्र ४ गते, २०७४

महतोलाई पितृ शोक

एसपी यादव/ सर्लाही, ५ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई आज पितृ शोक परेको छ ।

महतोका बुबा १०० वर्षिय खोभारी महतोको आज ईश्वपुर नगरपालिको बयलवास स्थित महतोको जेठो दाई महेन्द्र महतोको घरमा निधन भएको छ । आजै बागमतीको कर्मैया घाटमा उनको दाहसंस्कार गरिएको छ ।

आन्दोलनका क्रममा भैरहवामा रहेका नेता महतो बुबा बितेको खबर पाए लगत्तै सर्लाहीको लागि प्रस्थान गरिसकेको भतिजो उपेन्द्र महतोले साझापोष्टलाई जानकारी गराएका छ्न ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC